‘अपाङ्गता भएका व्यक्तिहरुले न्यायको प्रत्याभूत गर्न सकेका छैनन्’


राजेन्द्रप्रसाद पनेरु/कञ्चनपुर : शुक्लाफाँटा नगरपालिकामा आइतवार आयोजित अपाङ्गता समावेशी विकास तथा दीगो लक्ष्य सम्बन्धि सेचतना मूलक कार्यक्रमका सहभागीहरुले अपाङ्गता भएका व्यक्तिहरुले न्यायको प्रत्याभूत गर्न नसकेकोमा जोड दिएका छन । इम्प्याक्ट नेपालले आयोजना गरेको कार्यक्रममा सहभागीहरुले अपाङ्गता भएका व्यक्तिहका लागि भएको नीतिगत व्यवस्था व्यहारमा लागु नभएको बताएका हुन । शुक्लाफाँटा नगरपालिकाका नगर उप प्रमुख तुलसीदेवी हमालले अपाङ्गता भएका व्यक्तिहरुका लागि भएका व्यवस्थाहरु नीतिगत रुपमा कार्यान्वयन गर्नका लागि प्रतिवद्ध रहेको बताईन ।

सुदूरपश्चिम विश्वविद्यालयका सहायक प्रद्यापक डा यज्ञराज पाण्डेयले अपाङ्गता भएका व्यक्तिहरुका लागि ऐन, कानुनमा भएको व्यवस्था बारे चर्चा गर्दै अपाङ्ग मैत्री संरचना निर्माण नहुदा अपाङ्गता भएका व्यक्तिहरुलाई सरकारी तथा सामुदायिक संस्थाबाट सेवा लिन निकै कठिनाईको सामना गर्नु परेको बताए । सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरुका लागि भएको सहुलियत, अपाङ्गता भएका व्यक्तिहरुले परिचय पत्र पाउनका लागि गर्नु पर्ने कार्य, अपाङ्गता भएका व्यक्तिहरुको बस्तुस्थीतिका बारेमा कार्यक्रमका सहभागीलाई उनले जानकारी गराए । अपाङ्गता भएका व्यक्तिहरुका लागि ऐन नियममा राम्रो व्यवस्था गरिएको भएपनि कार्यान्वयन पक्ष फितलो हुदा अपाङ्गता भएका व्यक्तिहरुले सरकारी कार्यालयबाट पाउनु पर्ने सेवा सुविधा संगै न्यायिक निकायमा पहुँच अभिबृद्धि हुन नसकेको उनको भनाई थियो ।

अपाङ्गता भएका व्यक्तिहरुलाई शिक्षामा पहुँच पुरयाउनका लागि समानतामा नभएर समतामा आधारित हुन पर्ने उनले बताए । नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टिकेन्द्रप्रसाद भट्टले नगरपालिका क्षेत्रमा रहेका अपाङ्गता भएका व्यक्तिहरुको आयआर्जनमा टेवा पुरयाउने खालका कार्यक्रमहरु लागु गर्नका लागि योजनावद्ध रुपमा अगाडी बढेको बताए । सहज रुपमा सामाजिक सुरक्षा भत्ता वितरण संगै नयाँ बन्ने संरचनालाई अपाङ्ग मैत्री बनाईनेमा उनले जोड दिए । अपाङ्गताको क्षेत्रमा लामो समय देखि कार्य गर्दै आएका हरिदत्त भट्टले कार्यक्रम भैरहेको सभाहलनै अपाङ्गमैत्री नरहेको कुरा अघि सार्दै कार्यालय प्रमुख माथिल्लो तलामा बस्दा अपाङ्गता भएका व्यक्तिहरुले फलामको सिढि चढेर सेवा लिन नसक्ने बताए । ‘अपाङ्गता भएका व्यक्तिले सामाजिक सुरक्षा अन्र्तगतको भत्ताको रकम बाहेक कुनै सुविधा पाएका छैनन्’ उनले भने, ‘आयआर्जन हुने कार्य संगै क्षमता विकासका कार्यक्रमहरु लागु गरिएका छैनन् । कार्यविधि र ऐनमा उल्लेख गरिएको सेवा सुविधा अपाङ्गता भएका व्यक्तिहरु पाउनबाट बञ्चित रहेका छन ।’

सबै क्षेत्रमा अपाङ्गता भएका व्यक्तिहरुको अर्थपूर्ण सहभागीताको कुरा गरिने भएपनि व्यवहारमा लागु गर्न कन्जुस्याई गरिदै आएको उनले बताए । सुदूरपश्चिम सामुदायिक कान उपचार कार्यक्रमका परियोजना अधिकृत राम बहादुर बोगटीले अपाङ्गता न्यूनिकरणका लागि सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरिदै आएको जानकारी दिए । अपाङ्गता भएका व्यक्तिहरुलाई राहत वितरणका कार्य संगै महिला स्वास्थ्य स्वयंसेविका सहयोग कार्यक्रम समेत गरिएको उनले बताए । परियोजना अन्र्तगत कैलालीको अत्तरियामा सञ्चान भैरहेको कान अस्पतालमा फार्मेसि, ओपिडि संगै सल्यक्रिया सेवा सञ्चालन हुदै आएको उल्लेख गर्दै उनले परियोजना सञ्चालन भएको सन् २०१८ देखि हाल सम्म अस्पतालमा १६२ जनाको कानको शल्यक्रिया गरिएको बताए ।


Loading Viewer...

ताजा समाचार

spot_img