सिटिजन बैंकले ऋण तिर्न दवाव दियो : सेवाग्राही


कञ्चनपुर: भीमदत्त नगरपालिका ३ नयाँ तिलकपुरका स्थानीय मान बहादुर विष्ट र राम बहादुर विष्टले सिटिजन बैंक महेन्द्रनगर शाखाबाट दुई बर्ष अघि ५ लाख रुपैया ऋण लिए । गाँउमै उद्यम व्यवसाय गर्नका लागि ऋण लगेका विष्टको कारोबार कोरोना महामारीका कारण चौपट भयो । सिटिजन्स एग्रीकल्चर एण्ड ईन्टरप्राईजेज कर्जा आवधिक प्रकृतिको ऋण लगेका विष्टले आफुमाथि बैंकले साँवा, ब्याज तिर्नका लागि अनावश्यक तनाव दिएको बताएका छन ।

‘मैले ऋण लिए समयमै साँवा ब्याज तिरिरहेको छु, तर महामारीका कारण व्यवसायी चौपट भएकाले केही ढिलाई भयो, बैंकमा जमिनको लालपुर्जा छ, ‘उनले भने, ‘तर पनि बैंकले दुई साताको अन्तरमा पत्र पठाएर मानसिक तनाव दिईरहेको छ ।’ बैंकले १ मंसिरमा साँवा बाफत ११ हजार ६०४.७८ , ब्याज ३ हजार ६१५.३५ गरि १५ हजार २ सय २०.१३ रुपैया रकम राखेर १५ दिने पहिलो पत्र पठाएको दुई सातामै १६ मंसिरमा १७ हजार २३.४३ रुपैया जम्मा बक्यौता रकम राखेर पत्र पठाएको छ । ‘एक महिना नवित्दै दुई दुई पटक हामीलाई पत्र पठाएर बैंकले तनाव गरेको छ, ‘उनले भने, ‘बैंकलाई पैशा प्यारो छ, अनि हाम्र्र्रो अचल सम्पती पनि बैंकमै छ ।’ बैंकले साना ऋणीमाथि ३५ दिने सूचना जारी गर्दै कालोसूचिमा समावेस गर्ने चेतावनी समेत दिएको छ ।

कोरोना महामारीका कारण सरकार, राष्ट्रबैंकले साना किसान, उद्यमीका लागि कर्जा तिर्ने अवधी बृद्धि गरेपनि बैंकले आफुसंग दुस्मनको जस्तै व्यवहार गरेको सेवाग्राहीको दुखेसो छ । साना उद्यमी एव ऋणीमाथि बैंकले अनावश्यक तनाव दिएको उनको दुखेसो छ । आफुसंग कुनै सरसल्लाह नै नगरि बैंकले लगातार घरमा पत्र पठाउन थालेपछि समाजिक रुपमा तनाव सृजना गरेको विष्टको भनाई छ । विपन्न समुदायको उठिबास गराउनका लागि बैंकले सानो रकमका लागि समेत दवाव दिएर व्यवसाय गर्नका उत्साहित नभई निरुत्साहित गर्न खोजेको विष्टको बताए । सिटिजन बैंक महेन्द्रनगरका म्यानेजर प्रकास घिमिरेले किस्ता तिर्नका लागि तोकेता गरेको बताए ।

उनले मौखिक लिखित रुपमा ताकेदा गर्दा पनि किस्ता नतिरेकाले पहिलो पत्र पठाएपछि साँवाब्याज नतिरेकाले दोस्रो पटक पत्र पठाएको बताए । उनले बैंककै नियम अनुरुप ऋणीलाई पत्र पठाएको बताए । कोरोना महामारीका कारण उद्योग व्यवसायी सहितका क्षेत्र धरासायी बनिरेहका बेला बैंकबाट साँवा ब्याजका लागि दवाव तनाव दिन नहुने उद्योगी व्यवसायीको समेत सुझाव छ । यहाँका व्यवसायीले बैंकले निक्षेप संकलन गरेर अन्यत्र लगानी गर्ने र यहाँका उद्यमी व्यवसायीले सानो कर्जा लगेर व्यवसाय गर्दा साँवा ब्याज नतिरेको कारण देखाएर मानसिक दवाव दिन नहुने बताएका छन ।


ताजा समाचार

spot_img