१२औं बार्षिक उत्सवको अवसरमा वृद्ध आश्रममा खाद्यान्न सहयोग


कञ्चनपुर : रिलायन्स फाईनान्स लिमिटेड महेन्द्रनगर शाखाले संस्थाको १२औं बार्षिक उत्सवको अवसरमा शनिबार खाद्यन्न सहयोग गरेको छ । कञ्चनपुरको वेतकोट नगरपालिका–०७ रौटेल स्थित वैजनाथ वृद्ध आश्रममा रु. १० हजार बराबरको खाद्यन्न सहयोग गरेको छ ।

संस्थागत समाजिक उत्तरदायित्व अन्तर्गत खाद्यान्न सहयोग गरेको महेन्द्रनगर शाखा प्रमुख महेश भट्टले बताए ।
उक्त कार्यक्रममा संस्थाका सहयोगी तथा वृद्धवृद्धाहरुको उपस्थिती रहेको थियो । संस्थाले स्थापना काल देखि समाजिक कार्यहरुमा सहयोगी भुमिका निर्वाह गर्दै आएको शाखाकी कर्मचारी जयन्ती भट्टले बताए ।


ताजा समाचार

spot_img