एलिट ईभेन्ट मेनेजमेन्टले बिद्यालय स्तरीय खेल प्रतियोगिता आयोजना गर्दै

कञ्चनपुर : एलिट ईभेन्ट मेनेजमेन्टले पुष १ गते देखी ५ गते सम्म बिद्यालय स्तरीय खेल प्रतियोगिताको आयोजना गर्ने भएको छ । शनिबार पत्रकार सम्मेलन गर्दै कञ्चनपुरमा रहेका ६० वटा बिद्यालयलाई सहभागीताका लागी अनुरोध पत्र पठाएको जनाएको छ । निजि तथा सरकारी बिद्यालयका कक्षा १० सम्म अध्ययन गर्ने छात्र छात्राहरुको सहभागीता रहने गरी २० वटा बिधामा खेलको आयोजना गर्न लागेको बताएको हो ।

No description available.

कञ्चनपुरको महेन्द्रनगर स्थित कभर्ड हलमा छात्र छात्राहरुको फुटबल, भलीबल, बेडमिन्टन, हाजिरीजवाफ, बुद्धिचाल, हाई जम्प, लंग जम्प, स्लो साईकल रेस, ८ सय मिटर रिले दौड, ४ सय मिटर दौड र सय मिटर दौड प्रतियोगिता गरिने एलिट ईभेन्ट मेनेजमेन्टका प्रमुख मुकेश खडायतले बताए । अहिलेको पुस्ता अनलाईन खेलमा रमाउने गरेको छ शारिरीक रुपमा खेल खेल्न उत्प्रेरित गर्न र राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका प्रतियोगितामा सहभागी हुन सकुन भन्ने उद्देश्यले प्रतियोगिताको आयोजना गर्न लागेको खडायतले बताए ।

प्रतियोगितामा सहभागीताका लागी रु.१७ हजार प्रवेश शुल्क राखिएको छ । प्रत्येक सहभागी बिद्यालयका खेलाडीलाई आयोजकको तर्फबाट ५० जर्सी उपलब्ध गराउनेछ । बिजेता हुने बिद्यालयको भिडियो बनाईने छ । प्रतियोगितमा प्रथम पुरुस्कार रु. ४५ हजार तथा टर्फी र दोश्रो हुनेलाई ३० हजार पुरुस्कार र तेश्रोलाई मेडल तथा गिफ्ट प्रदान गरिने आयोजकले बताएको छ । प्रतियोगिता आयोजनामा अनुमानित ८ लाख खर्च हुने खडायतले बताए ।

ताजा समाचार

This will close in 10 seconds