ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

कञ्चनपुर : पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अर्जुनी नजिकै से१त ३८४१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहका अनुसार मृत्यु हुनेमा कृष्णपुर नगरपालिका–९ पिपरैयाकी ६५ वर्षीया द्रोपती राना र ३३ वर्षीया रतनकुमारी राना छन्। दुर्घटनामा अन्य १२ जना घाइते भएका छन्।

कृष्णपुर नगरपालिका–९ पिपरैयाबाट वेदकोट नगरपालिकाको दैजीमा जन्ती पुर्‍याएर फर्कने क्रममा चालकले नियन्त्रण गुमाउँदा ट्याक्टर सडकछेउमै पल्टिएको हो। प्रहरीका अनुसार ट्याक्टरमा ३० जनाभन्दा बढी सवार रहेका थिए। घाइतेहरूको झलारीस्थित निजी मेडिकलमा सामान्य उपचारपछि थप उपचारका लागि कैलालीको धनगढीतर्फ पठाइएको छ।

ताजा समाचार

This will close in 10 seconds