माओवादी केन्द्र बेदकोटमा उपाध्यक्ष भट्ट निर्बिरोध


कञ्चनपुर: नेकपा माओवादी केन्द्र बेदकोट नगरको उपाध्यक्षमा भीम भट्ट निर्बिरोध चयन भएका छन । नगर कार्य समिति चयनका लागि माओवादी केन्द्र बेदकोटमा उपाध्यक्षमा मात्रै सहमती भएको हो । अध्यक्ष, सचिव, सह सचिव र कोषाध्यक्षमा आँकाक्षी बढि देखिएको सहमती हुन नसकेको नेताहरुले बताएका छन ।

नेकपा माओवादी केन्द्र बेदकोट नगरका युवा नेता सागर सुनारले पदाधिकारीमा आँकाक्षी बढि देखिएकाले सहमती नभएको बताए । उनका अनुसार अध्यक्षका लागि लाल परियार, मोहन पन्त, सचिव राजुराम सार्की, दान बहादुर बम, सह सचिव महेश पार्की, विद्यान चौधरी र कोषाध्यक्षमा प्रेम रावल, धना भट्ट देखिएका छन । सहमतीका लागि नेताहरुले सकृयता देखाएका छन ।


ताजा समाचार

spot_img