बस्ती जोखिमा पर्ने गरि दोदा नदीको उत्ख्नन गर्न नदिने स्थानीयको चेतावनी

कञ्चनपुर: कञ्चनपुरको लालझाडी गाँउपालिका ५देखतभूलीका स्थानीयले बस्ती विपदको जोखिममा पर्ने गरि उत्खनन् गर्न नदिने भएका छन । शुक्रबार लालझाडी गाँउपालिका ५का वडाध्यक्ष नन्दराज अवस्थीको अध्यक्षमा बसेको स्थानीयको भेलाले बस्ती जोखिममा पर्ने गरि उत्ख्नन गर्न नदिने निर्णय गरेका हुन ।

दोदा नदीले बस्ती कटानीको उच्च जोखिममा परेको भन्दै सरकारले तटबन्ध निर्माणमा ध्यान नदिएको र नदीजन्य पदार्थ बेच्ने प्रकरणबाट बस्ती उच्च जोखिममा परेको भन्दै उत्खनन गर्न नदिने निर्णय गर्दै अवैध उत्खनन् रोक्न चेतावनी दिएका हुन । गाँउपालिकाबाट दोदा नदीको रोयल्टी संकलन गर्न ठेक्का पाएको कम्पनीले बस्ती जोखिममा पर्ने गरि नदीजन्य पदार्थ दोहन गर्न लागेको भन्दै स्थानीय बिरोधमा उत्रिएका छन । स्थानीयले मानव बस्ती जोखिममा पर्ने गरि भईरहेको उत्ख्नन रोक्नुको विकल्प नभएको भन्दै बस्तीतर्फ बलियो तटबन्धको माग अघि सारेका छन ।

ताजा समाचार

This will close in 10 seconds