लालझाडी : कञ्चनपुरको लालझाडीका नेकपा एमाले पाटी परित्यागगरी नेकपा माओवादी केन्द्रममा प्रबेश गरेका छन् । शुक्रबार माओवादी केन्द्र लालझाडी गाउँपालिकाले प्रथम गाउँपालिका भेला सम्मेलनका प्रमुख अतिथी पूर्व खानेपानी मन्त्री विना मगरले टिकामाला लगाई प्रबेश गराएका हुन ।

लालझाडी गाउँपालिका वडा नं.४ का पदम सुनार, पार्वती देवी धामी, द्रोपती बोहरा, मंगला देवी धामी, लालझाडी गाउँपालिका ५ की पार्वती बिष्ट, लालझाडी २ का हिरा चौधरी, शंकर राना सहादुर राना, बाबुराम राना, रेटन राना लगायतले पाटी प्रबेश गरेका छन् । नेकपा माओवादी केन्द्रले देशभरी पालिका भेला सम्मेलन सुरु गरेको छ ।







