सभापतिमा भरत साह देखि महामन्त्रीमा रायमाझी सहितका नेताहरु मैदानमा उर्तादै गृहमन्त्री खाड

काठमाडौँ : नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत प्रदेश संरचनाको नेतृत्व चयनका लागि अधिवेशन सुरु भएको छ । नेपाली काँग्रेसका प्रभावशालि नेता ,गृहमन्त्री तथा तरुण दलका पूर्व अध्यक्ष समेत रहेका बालकृष्ण खाँडले संस्थापन पक्षबाट लुम्बिनी प्रदेशमा सभापति सहित,पदाधिकारी तथा कार्य समिती सहितका पदमा शक्तिशालि नेताहरुलाई उम्मेदवार बनाएर मैदानमा उर्तादै छन् । प्रदेशका बिभिन्न जिल्लाहरुबाट प्रभावशालि नेताहरुको साथ खाडलाई रहेको छ । संस्थापन पक्षको देउवा समूह यि उम्मेदवारहरुको साथमा चुनावमा उत्रिदा विजयी हुनेमा ढुक्क जस्तै छ । सस्थापन पक्षले रुपन्देहीका नेता भरत साहलाई सभापतिमा उठाएको छ ।

उप-सभापतिमा दाङका राजु खनाल ,कपिलवस्तुका सुधाकर पाण्डे , महामन्त्रीमा कांग्रेसको तरुण दल पुर्ब केन्द्रीय सचीव प्यूठानका खिमान सिंह रायमाझी सँगै बर्दियाका जन्मजय तिमल्सिना, त्यस्तै सह-महामन्त्रीमा बाकेका लक्ष्मी नारायण शाह,रुपन्देहीकी सरिता चौधरी र बाकेकी माया पुन लगाएतका नेताहरुलाई सस्थापन पक्षले मैदानमा उतारेको छ । सभापति सहित,पदाधिकारी तथा कार्य समिती सहितका यि उम्मेदवारहरु लुम्बिनीमा प्रभाबशालि नेताका रुपमा चिनिन्छन् । १२ जिल्लाका २६ निर्वाचन क्षेत्र, ५२ प्रदेश निर्वाचन क्षेत्रबाट चयन भएका महाधिवेशन प्रतिनिधि तथा क्षेत्रीय महाधिवेशन प्रतिनिधि मतदाता हुनेछन् ।

कुल १५८५ मतदाता रहेको लुम्बिनीमा कडा प्रतिष्पर्धा हुने देखिएको छ । लुम्बिनीमा प्रदेश सभापतिसहित पदाधिकारी र सदस्यका लागि हुने मतदानमा खाँडले इतर समूहले जितेका क्षेत्र र जिल्लाहरुमा बढीभन्दा बढी मत तान्न सक्ने आकलन गरिएको छ । महामन्त्रीमा उम्मेदवारी दिन लागेका खाँडका लागि लुम्बिनीको चुनाव निकै महत्वपूर्ण बनेको छ । कांग्रेसले देशको संविधानअनुसार पहिलोपटक सातै प्रदेशको नेतृत्व चयन गर्न लागेको छ । कांग्रेस प्रदेश अधिवेशनमा केन्द्रीय महाधिवेशनमा जस्तै पार्टीभित्रको गुटअनुसार नै नेतृत्व हात पार्न प्रतिस्पर्धा हुने देखिएको छ । जसअनुसार कांग्रेसको संस्थापन पक्ष, संस्थापन इतर पक्ष र तेस्रो धारका बीच प्रतिस्पर्धा हुने देखिएको छ । प्रदेश नेतृत्व चयनका लागि आज सातमध्ये ६ प्रदेशमा उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको छ । प्रदेश २ मा भने अधिवेशन पछि हुने छ ।

ताजा समाचार

This will close in 10 seconds