अपाङ्गता दिवसको पुर्व सन्धायामा दिप प्रज्वलन


कञ्चनपुर : अपाङ्गता भएका ब्यक्तिको ३० औ अन्तरास्ट्रिय अपाङ्गता दिवसको पूर्व सन्ध्यामा कञ्चनपुरमा रहेका अपाङ्गता भएका ब्यक्तिहरूले महेन्द्रनगरको मदन चोकमा दिप प्रज्वलन गरेका छन ।

‘हाम्रो प्राथमिकताको आधार अपाङ्गता भएका ब्यक्तिहरूको अधिकार’ भन्ने मुल राष्ट्रिय नाराका साथ मंसिर १७ गते (डिसेम्बर 3) ३० औ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस भब्य ताका साथ मनाईने भएको छ बिहान प्रभात फेरि गर्नुका साथै ह्वील चियर म्याराथुन ,दृष्टि बिहिन अपाङ्गता भएका महिला ,पुरूषको २०० मिटर दौड गरिने नेपाल पारा ओलम्पिक कमिटी सुदूरपश्चिम प्रदेश अध्यक्ष दीर्घ कुमार स्वारले बताउनुभयो।

आज भएको दिप प्रज्वलन कार्यक्रमको अध्यक्षता आयोजक संस्था कञ्चनपुर नेत्रहीन संघका अध्यक्ष प्रेम बोहराले गर्नु भएको थियो भने कार्यक्रमका प्रमुख अतिथि नबिल बैक महेन्द्रनगर शाखाका प्रबन्धक पूर्ण भाट रहनु भएको थियो बिशिस्ट अतिथिमा महाकाली प्रादेशिक अस्पतालका निवर्तमान अध्यक्ष तथा समाजसेवी कृष्ण दत्त जोशी ( बोक्सर) रहनु भएको थियो । उक्त कार्यक्रममा नागरिक समाजका अगुवा, सुरक्षाकर्मी, सञ्चारकर्मी व्यापारी, बुद्धिजीवी लगायतको सहभागिता रहेको थियो ।


ताजा समाचार

spot_img