बेदकोट नगरले बाल विकासका शिक्षक र विद्यालय कर्मचारीलाई संघ सरकारले तोके अनुरुप तलब दियो


कञ्चनपुर: कञ्चनपुरको बेदकोट नगरपालिकाले संघ सरकारले तोके अनुरुप बाल विकासका शिक्षक र विद्यालय कर्मचारीलाई तलब दिएको छ । चालु आर्थिक बर्ष २०७८/०७९ साउनदेखि कार्तिकसम्मको मासिक १५ हजारका दरले नगरपालिकाले बाल विकासका शिक्षक र विद्यालय कर्मचारीलाई दिएको हो । बेदकोट नगरका प्रमुख प्रशासकिय अधिकृत पदमराज भट्टले संघ सरकारले तोके अनुरुप सामुदायिक विद्यालयमा कार्यरत बाल विकासका शिक्षक र कर्मचारीलाई तलब दिनका लागि विद्यालयको खातामा निकासा गरिसकेको बताए ।

‘संघ सरकारले विद्यालय कर्मचारी र बाल विकासका शिक्षकको न्यूनतम पारिश्रमिक उपलब्ध गराउने निर्णय थियो, ‘उनले भने, ‘सोही बमोजिम कार्यान्वयन भएको छ ।’ बेदकोट नगरपालिकासंग एकिकृत अखिल नेपाल शिक्षक संगठन लगायतका शिक्षक संघ संगठनले संघ सरकारले तोके अनुरुप बाल विकासका शिक्षक र विद्यालय कर्मचारीलाई पारिश्रमिक उपलब्ध गराउन माग अघि सारेर ज्ञापन पत्र बुझाएका थिए ।

एकिकृत अखिल नेपाल शिक्षक संगठन बेदकोटका अध्यक्ष गणेश धानुकले पालिकाले शिक्षक कर्मचारीका पिरमर्का बुझेर संघ सरकारले तोके अनुरुप तलब निकासा गरेकोप्रति आभार प्रकट गर्नुभयो । उनले अन्य पालिकाले बेदकोट नगरको निर्णय बारे पाठ सिक्नुपर्ने बताए । कञ्चनपुरका बेलडाँडी सहितका केही पालिकाले यस अघि नै मासिक १५ हजार रकम भुक्तानी गर्दै आएपनि भीमदत्त नगरमा भने त्यस्तो भएको देखिदेन् ।


ताजा समाचार

spot_img