नेकपा एकिकृत (समाजवादी) दोधारा चाँदनीको नगर अधिबेशन सम्पन्न : अध्यक्षमा सुुनार

दोधारा । नेकपा एकिकृत (समाजवादी) दोधारा चाँदनी नगरको अध्यक्षमा नन्दलाल सुनार चयन भएका छन् । नेकपा एकिकृत (समाजवादी) दोधारा चाँदनी नगरको अधिवेशनबाट नन्दलाल सुनारको नेतृत्वमा नयाँ कार्य समिति चयन गरिएको हो । नेकपा एकिकृत (समाजवादी) कञ्चनपुरका युवा नेता रमेश पन्तले सुनारको अध्यक्षमा नेकपा एकिकृत (समाजवादी) दोधाराको कार्य समिति गठन गरिएको हो । उपाध्यक्ष सुकदेव धामी, खेमकुमारी बुढाथोकी, सचिव महानन्द भट्ट, उप–सचिव मान बहादुर सुनार (क), नर बहादुर सुनार चयन भएका छन् । नेकपा एकिकृत (समाजवादी) स्थायी कमिटि सदस्य उर्वादत्त पन्तको प्रमुख आतिथ्यमा केन्द्रीय सदस्य प्रकाश बहादुर रावल, जिल्ला इन्चार्ज लाल बहादुर खडका, अध्यक्ष जिवनराज थापा सहितको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो । सरस्वती सामुदायिक सिकाई केन्द्र दोधारा चाँदनी नगरपालिका वडा नं. ४ का सम्पन्न नेकपा एकिकृत (समाजवादी) दोधारा चाँदनी नगर अधिबेशनमा नेता, कार्यकर्ता तथा स्थानियहरुको बाक्लो उपस्थिती रहेको थियो । दोधारा चाँदनी नगर क्षेत्रमा नेकपा एकिकृत (समाजवादी) प्रति आकर्षण बढ्दो रहेको बताईएको छ् ।

ताजा समाचार

This will close in 10 seconds