हाम्राे शुक्लाफाँटा, राम्रो शुक्लाफाँटाका अभियन्ता सम्मानित


कंचनपुर: प्रकाश मेमाेरियल स्कुल ब्यवस्थापन समितिका अध्यक्ष निलम आले सभापति रहेकाे कार्यक्रममा सुदुर पश्चिम प्रदेश सभा सदस्य एवम् पुर्व राज्य मन्त्री माननिय प्रकाश रावल प्रमुख अतिथि र सुदुरपश्चिम बिश्वबिद्धालयका पुर्व डिन डा टेकराज पन्त बिशिस्ट अतिथि रहनु भएको कार्यक्रममा विभिन्न बिधाका सय जना भन्दा बढी ब्यक्तित्व लाई सम्मान गरिएको छ।

आज सम्पन्न भएको कार्यक्रममा लामाे समयदेखि बन्द रहेकाे कंचनपुरकै एकमात्र मझगाउ बिमानस्थल पुनः संचालनका लागि सामाजिक संजालबाट अभियान थालनिगरि सबैकाे साथ सहयाेग र सहकार्यले आजका मिति सम्म आईपुग्दा बिमानस्थल निर्माणका लागि टेण्डर प्रक्रिया समेत सम्पन्न भैसकेको अवस्थामा पुगेकाे छ । यस अभियानमा राजेन्द्र बहादुर चन्द लगाएतका ब्यक्तिकाे ठुलाे याेगदान रहेकाे छ भन्नू हुन्छ शिक्षक एवम् नागरिक सराेकार केन्द्रका सदस्य उत्तम बिष्ट ।

स्थानिस्थरमा रहेकाे प्रमुख पर्यटकिय क्षेत्र शुक्लाफाँटाकाे प्रचारप्रसार सहित पर्यापर्यटन प्रबर्द्धनका लागि निस्वार्थ रुपमा लाग्नु भएका भिमदत्तनगरपालिका १६ मझगाउ कंचनपुर निवासि राजेन्द्र बहादुर चन्द लाई सम्मान पत्र सहित प्रमुख अतिथिबाट सम्मानित गरिएको छ। सामाजिक क्षेत्रमा उहाले पुरयाउदै आएकाे याेगदानकाे कदर स्वरुप सम्मान गरिएको हाे भन्नू हुन्छ गुगुल्डि वाङमय प्रतिष्ठान का अध्यक्ष वीर बहादुर चन्द विश्राम। कार्यक्रमकाे संचालन अमित भट्टले गर्नु भएको थियाे।


ताजा समाचार

spot_img