नेकपा माओवादी केन्द्र कञ्चनपुरका विभिन्न वडाहरुमा नेतृत्व चयन


कञ्चनपुर : नेकपा माओवादी केन्द्र कञ्चनपुरका बाँकी रहेका विभिन्न पालिकाका वडाहरुको नेतृत्व चयन गरिएको छ । शुक्रबार पनि बेलौरी, शुक्लाफाँटा, बेदकोट र भीमदत्त नगरका बाँकी वडाहरुको नेतृत्व चयन गरिएको हो । माओवादी केन्द्र कञ्चनपुरकी नेतृ एव प्रदेश सदस्य कौसिल्या ओझा(किरण)ले बाँकी वडाहरुमा सम्मेलन सम्पन्न गरेर शनिबारदेखि पालिका सम्मेलन गर्ने बताईन ।

भीमदत्त नगरपालिका १ गणेश कार्की, ४ शेर बहादुर दमाई, ६ नरेन्द्र ओझा र १७मा कृष्ण ओडको अध्यक्षमा २९ सदस्य वडा कमिटि विस्तार भएको माओवादी नेतृ ओझाले बताईन । यस्तै बेलौरी नगरपालिका १ मा पुनाराम चौधरीको अध्यक्षमा २९ सदस्यीय वडा कमिटि विस्तार गरिएको छ । शुक्लाफाँटा नगरपालिका ९मा मोतिलाल खुनाको अध्यक्षमा २९ सदस्यीय वडा कमिटि विस्तार भएको माओवादी नेता शिवराज पनेरुले बताए । वडा सकेर माओवादी कञ्चनपुरले शनिबारदेखि पालिका सम्मेलन गर्ने भएको छ ।


ताजा समाचार

spot_img