कञ्चनपुर : नेपाली काँग्रेसको आशन्न १४ औँ महाधिवेशन अन्र्तरगत कञ्चनपुरमा जिल्ला सभापति सहित ५२ पदका लागि ९५ जनाको उम्मेदवारी परेको छ । काँग्रेस महाधिवेशन कार्य तालिका अनुसार शुक्रबार सभापति, पदाधिकारी सहित जिल्ला सदस्य पदका लागि ९५जनाले उम्मेदवारी दर्ता गराएको सहायक निर्वाचन अधिकृत नविन सिह धामीले बताए । उनका अनुसार १ सभापति, २ उप सभापति, २ सचिव, २ सह सचिव र ४५जिल्ला सदस्यका लागि ९५जनाले उम्मेदवारी दर्ता गराएको बताए । काँग्रेस कञ्चनपुर नेताहरुका अनुसार जिल्ला कार्य समितिका लागि एनपी साउद दिवान विष्टको संयुक्त प्यानल र रमेश लेखक पक्षले कोईराला पक्षका केही नेतालाई साथमा लिएर चुनावी मोर्चा बनाएका छन ।

सभापतिका लागि एनपी दिवान पक्षबाट बहादुर सिह थापा, रमेश पक्षबाट पदम बोगटी, उप सभापतिमा लेखक पक्षबाट शंकर बहादुर चन्द, दिवाकर पाण्डे, एनपी दिवान पक्षबाट मिन बहादुर सिह, हरिचन राना, सचिवमा लेखक पक्षबाट जनक सिह धामी, सिद्धराज भट्ट एनपी दिवान पक्षबाट हेमराज ओझा भीम भट्ट र स्वतन्त्रमा तर्कराज भट्टले उम्मेदवारी दिएका छन । सह सचिवका लागि एनपी दिवान पक्षबाट नाफुसिह साउद, हरि प्रशाद अधिकारी, रमेश लेखक पक्षबाट पुष्कल चौधरी, कविराज भट्ट र स्वतन्त्र तर्फ कलक बहादुर सिहले उम्मेदवारी दिएका छन । पालिका तर्फबाट चार सदस्य निर्विरोध निर्वाचित भएका छन । दोधाराबाट धनसरा चन्द, शुक्लाफाँटाबाट यशोदा भट्ट, कृष्णपुर नगरपालिबाट पदमा देवी ओझा र लालझाडीबाट राधा राना निर्बिरोध चयन भएका छन । काँग्रेस नेता दिल बहादुर देउवाले निर्बिरोध सदस्यमा चयन भएका राधा राना, पदमा देवी ओझा र यशोदा भट्ट एनपी पक्षकै नेता भएको बताए । धनशरा चन्द लेखक पक्षका नेता हुन । शनिबार मतदान हुने छ ।







