कञ्चनपुर: केशव प्रशाद तिमिल्सिना किसान कञ्चनपुरका चिरपरिचित अगुवा हुन । सीमावर्ती पूनर्वास नगरपालिका ९ (ख) गाँउका स्थानीय समेत रहेका तिमिल्सिना यतिबेला काँग्रेस कञ्चनपुर सदस्यको दौडमा छन । समाजसेवि समेत रहेका तिमिल्सिनाले दक्षिणी सीमावर्ती क्षेत्रका जनताको हकहितका साथै किसानका क्षेत्रमा काम गर्दै आएका छन । उनलाई काँग्रेस नेता भन्दा पनि आम जनताले किसानको सारथी भनेर चिन्छन ।

काँग्रेस १४औँ महाधिवेशन अन्र्तरगत जिल्ला कार्य समिति चयनका लागि भईरहेको अधिवेशनमा उनले जिल्ला सदस्यको यात्रा तय गरेका हुन । झण्डै साढे ३ दशकदेखि राजनीतिमा होमिएका तिमिल्सिनाले यस पटक जिल्ला सदस्यका लागि उम्मेदवारी दिने घोषणा गरेका छन । काँग्रेस पूनर्वासका नेता तिमिल्सिनाको यस्तो राजनीतिक ईतिहास । ०४२ सालदेखि निरन्तर काँग्रेसको राजीतिमा होमिएका उनले नेपाल तरुण दल जिल्ला प्रतिनिधी, ०५४ सालदेखि तत्तकालिन परासन गाँउकमिटीको सचिव हुँदै अहिले जिल्ला सदस्यको यात्रामा छन । ०५४सालमा वडाध्यक्षमा प्रत्यासी थिए । दुधुवा निकुञ्ज बन्यजन्तु पीडित संघर्ष समिति कञ्चनपुरको जिल्ला संयोजक, सीमा रक्षा अभियन्ता समेत रहेका उनले जिल्लामा हात्ती पीडित नागरिकको हक अधिकारका साथै दिर्घकालिन हात्तीको आतङ्क न्यूनिकरणका लागि स्थानीयदेखि केन्द्रसम्म सरकारी निकायलाई घचघच्याएका थिए ।

‘हामीले नै संघर्ष गर्दा जंगली जनावरबाट पीडित किसानलाई क्षतिपूर्ति राहत दिलाउने व्यवस्था गर्न सफल भए, ‘उनले भने, ‘पार्टीमा लागेर कमाउने भन्दा जनताको सेवा गर्ने हो ।’ लामो समयदेखि निष्ठा, सिद्धान्तको राजनीतिक गर्दै समाजसेवामा होमिएका तिमिल्सिनाले पार्टीलाई एकढिक्का बनाएर अघि बढने, लोकतन्त्रको रक्षा, अन्याय, अत्याचार, भ्रष्टाचार, असामाजिक भेदभाव अन्त्य गर्न, पार्टीमा लोकतान्त्रिक पद्धतीको विकास गर्न, समाजिक समस्याको पहिचान गर्ने र समाधान गर्ने, काँग्रेसलाई आम जनताको प्रिय पार्टी बनाउका लागि आफ्नो जिल्ला सदस्यमा उम्मेदवारी रहेको उनले प्रतिबद्धता छ । उनले जिल्लाभरीकै सबै काँग्रेस नेता कार्यकर्तालाई सहयोगका लागि अपिल गरेका छन ।







