विद्यार्थीको चौतर्फी विकासको लागि वक्तृत्वकला प्रतियोगिता आयोजना


कञ्चनपुर : स्थित प्रकाश मेमोरियल पब्लिक स्कुलले अन्तर विद्यालय स्तरीय आधारभूत तथा माध्यमीक तह वक्तृत्वकला प्रतियोगीता आयोजना गरेको छ । भीमदत्तनगरपालिका –५ बनगाँउमा रहेको विद्यालयले यही मंसिर १० गते विहान ११ बजे विद्यालयको सभा कक्षमा प्रतियोगीताको आयोजना गर्ने भएको छ ।

उक्त वक्तृत्वकलाको मुल आयोजक विद्यालय आफै रहेको छ भने सह आयोजक गुगुल्डि वाङ्मय प्रतिष्ठान रहेको छ । विद्यार्थीहरुको चौतर्फी विकास तथा साहित्य, संस्कृतीको संरक्षणमा चिन्तन साथै वाक्पटुताको विकास होस् भन्ने हेतुले कार्यक्रम आयोजना गर्न लागेको विद्यालय व्यवस्थापन अध्यक्ष निलम आलेले बताउनु भयो ।

निःशुल्क सहभागीता रहने उक्त वक्तृत्वकला प्रतियोगितामा कञ्चनपुर जिल्ला भरी बाट २० देखि २५ विद्यालयले भाग लिने अनुमान गरिएको छ ।


ताजा समाचार

spot_img