लालझाडीमा माओवादी केन्द्रका वडा अधिवेशन सम्पन्न


कञ्चनपुर : कञ्चनपुरको लालझाडी गाँउपालिकामा माओवादी केन्द्रमा वडा अधिवेशन सम्पन्न भएका छन । मंगलबार बाँकी रहेका दुई वडा सहित सबै वडाहरुका अधिवेशन सम्पन्न भएका हुन । लालझाडी गाँउवालिका १ र ३ मा माओवादी केन्द्रका अधिवेशन मंगलबार सम्पन्न भएको माओवादी केनन्द्रले जनाएको छ ।

लालझाँडी गाँउपालिका १को अध्यक्षमा मोहन राना, उपाध्यक्ष शुकराम राना, सचिव जानकी राना, कोषाध्यक्षम अमर सिह राना सहित २९ सदस्यीय वडा कमिटि विस्तार भएको छ । भने ३को अध्यक्षमा रमेश चौधरी, उपाध्यक्ष मोहन सिह बडायक, सचिव हेमराज राना, सह सचिव श्रबण राना, कोषाध्यक्ष प्यारी चौधरी सहित २९ सदस्यीय वडा कमिटि चयन भएका छन । लालझाडी माओवादी केन्द्रका वडा सम्मेलनमा नेकपा माओवादी केन्द्रका नेता एव लालझाडाडी गाँउपालिका प्रमुख मदनसेन बडायकको प्रमुख आथित्यमा वडा कमिटि विस्तार भएका हुन ।


ताजा समाचार

spot_img