हुलाकी सडक निर्माणमा ठेकेदारको लार्पबाही !

काम छाडी ठेकेदारलाई काँग्रेसको चुनावतिर व्यस्त, जनतालाई सास्ती

कञ्चनपुर: कञ्चनपुरमा हुलाकी राजमार्ग सडक निर्माण कार्यमा निर्माण कम्पनीले चरम लार्पबाही गर्दै आएको छ । झण्डै साढे चार बर्ष अघि निर्माण कार्य शुरु भएको कञ्चनपुरको हुलाकी सडकमा निर्माण कम्पनीको चरम लार्पबाहीले अझै पुरा भएको छैन । १ फागुन, ०७३ सालमा कञ्चनपुरमा हुलाकी सडक निर्माणका लागि शिलान्यास गरिएको थियो । सम्झौता अवधि भित्रै राजमार्ग निर्माणको जिम्मा पाएका दुवै कम्पनीले काम गर्न सकेका छैनन् । पहिलो पटक निर्माण कम्पनी र हुलाकी राजमार्ग आयोजनाविच ३० महिनाभित्रै काम सम्पन्न गर्ने सम्झौता भएको थियो ।

बाबाहंससिद्धिकी र शर्माजेभी निर्माण कम्पनीले कालोपत्रेको काम गर्न सकेका छैनन् । शर्मा जेभी निर्माण कम्पनी परशुराम नगरपालिका मेयर एव काँग्रेस नेता भीम बहादुर साउदको निर्माण कम्पनी हो । तर, आफै मेयर जनप्रतिनिधी भएपनि उनको कम्पनीले निर्माण कार्य ढिलासुस्ती गरेका छन । यतिबेला उनी काँग्रेस डडेल्धुराको सभापतिका लागि दौडधुपमा रहेका बेलामा पनि निर्माण कार्य कछुवाको गतिमा अघि बढेको छ । स्गानीयले उनको बिरोध गरेका छन । सडक निर्माण नभएका कारण दक्षिणी क्षेत्रका जनताले बषौँदेखि कच्ची सडकमा जोखिमपुर्ण कष्टकर यात्रा गर्न बाध्य भएका छन् । सडक निर्माणमा ढिलासुस्ती हुँदा स्थानीय समेत आक्र्रोसित र चिन्तित भएका छन ।

कञ्चनपुर कैलालीका सदरमुकाम जोड्ने उक्त सडक कालोपत्रे भए दक्षिणी क्षेत्रका स्थानीयलाई यातायातमा राहत र समग्र (कैलाली–कञ्चनपुर)को आर्थिक विकासमा बृद्धि हुने अपेक्षा लिएपनि ठेकेदार कम्पनीको लार्पबाहीका कारण स्थानीय हैरान भएका छन । हुलाकी सडक छेउमै घर भएका बेलौरी नगरपालिका ९रतनपुरका सुरेन्द्र राज जोशीले सडक धुलाम्यले छेउछाउका बिरुवा, घर सेताम्मे भएका छन । ‘सडक छेउका घटना घुलाम्मे भएका छन, ‘हामीहरुको स्वास्थ्यमा समेत असर परिरहेको छ, ठेकेदार कम्पनीले कहिले काम गर्दछन, कहिले गदैनन ।’ हुलाकी सडक छेउमै घर भएका बेलडाँडी गाँउपालिका १सिद्धचोकका स्थानीय दिनेश ठकुराठीले सरकारको लार्पर्बाहीका कारण ठेकेदार कम्पनीले वेवास्ता गरेका कारण सडक समयमै बन्न नसकेको बताए । ‘सरकारले ठेकेदारलाई ताकेता गरेन, ‘उनले भने, ‘ताकेता नगर्दा ठेकेदारले सडक बनाउन ध्यान दिएन ।’ पूनर्वास नगरपालिका २मोतिबस्तीका लाल बहादुर नेपालीले हुलाकी सडकमा चरम ढिलासूती भएकै कारण सडक धुलाम्मे हुँदा हिडडुल गर्न समस्या भएको बताए । ‘एक गाडी आउँदा पुरै धुलो उडाएर जान्छ, ‘उनले भने, ‘ठेकेदार कम्पनीले न सडक बनायो न पानी छर्कियो ।’

१ फागुन ०७३ मा ३० महिनाभित्रै ६२ किलोमिटर सडक निर्माणका लागि दुवै कम्पनीले आयोजनासंग सम्झौता गरेका थिए । ३० भदौँ ०७६ मा पहिलो पटक सम्झौता गरिएको म्याद सकिएर फेरी ८ महिना थप गरेर ३० चैत्र ०७६ सम्म म्याद थप गरिएको थियो । पहिलो पटक म्याद सकिएर थप गएको अवधिमा समेत काम गर्न नसकेपछि फेरी दुवै कम्पनीले ८ र ४ महिना म्याद थप गरेका छन । ०७७ बैशाखदेखि पहिलो र तेस्रो फेजको काम पाएको शर्माजेभी निर्माण कम्पनीले ४ महिना र दोस्रो फेजको बाबाहंससिद्धिकी ८ महिना थप गरेपनि काम सकेका छैनन । म्याद सकिएको दुई पटक थप हुँदा पनि काम नसकेर हुलाकी राजमार्गको काम अलपत्र परेका छन । पहिलो र तेस्रो फेजको काम पाएको शर्माजेभी निर्माण कम्पनीले दोस्रो पटक म्याद सकिएको आठ महिना ०७७ चैत्रसम्म पनि काम नसकेर फेरी म्याद गररेपनि ०७८ मसिर पहिलो सातासम्मा पनि काम पुरा गरेको छैन ।निर्माण कम्पनीले सम्झौता गरेको ५० महिनासम्म पनि हुलाकी राजमार्गको काम गर्न नसकेपछि सडक बिग्रीदै गएको छ ।

निर्माण गरेको बेस र पहिलो कालोपत्रे लेयर समेत भत्किदै छ । दोस्रो फेज बेलडाँडी, बेलौरी क्षेत्रमा ठेकेदारले ग्राभिलिङ्ग थुपारेर अलपत्र पारेकोछ । पुर्वपश्चिम जोड्ने महेन्द्र राजमार्गको वैकल्पिक ‘हुलाकी राजमार्ग कञ्चनपुरमा अधुरै रहेको छ । डोकेबजार–पुर्नवास–बेलौरी–बेलडाँडी हुँदै दैजी महेन्द्रराजमार्ग सम्म जोड्ने हुलाकी राजमार्ग समयमै निर्माण नहुँदा सडक धुलाम्मे भएको छ । तीन फेजमा ठेक्का भएको सडक पहिलो र तेस्रो फेज शर्माजेभी निर्माण कम्पनी र दोस्रो फेज बाबाहंससिद्धिकीले निर्माणको ठेक्का पाएका थिए । कुल १ अर्ब, १७ करोडको लागतमा उक्त सडकको ७ मिटर चौडाई कालोपत्रे गर्ने सम्झौता अनुरुप चालु आर्थिक बर्ष २०७७/०७८ सम्म ६९ करोड भुक्तानी गरिएको छ । पहिलो फेज ३५ करोडमा गरिएको सम्झौता २४ करोड भुक्तानी, दोस्रो ४१मा २२ करोड र तेस्रो ४१ करोडमा २२ करोड रुपैयामा सम्झौता गरिएको भएपछि सम्झौता अनुरुप काम भएको छैन । हुलाकी राजमार्ग आयोजना कार्यालयले कुल ६२ किलोमिटर सडक कालोपत्रे गर्ने जिम्मा पाएका दुवै कम्पनीले ६८ प्रतिशत काम गरेको र ५० प्रतिशत भुक्तानी पाईकसेको जनाएको छ । हुलाकी राजमार्ग आयोजना कार्यालयले समेत ठेकेदार नेता भएकाले ताकेता गर्द डराईरहेको छ । सडक निर्माण नहुँदा जनता हिउँदामा धुलाम्मे र बर्षातमा हिलाम्मे सडकको कष्टपूर्ण यात्रा गर्न बाध्य भएका छन ।

ताजा समाचार

This will close in 10 seconds