संघ सरकारले तोके अनुरुप पारिश्रमिक दिन भीमदत्त नगरपालिलाई ज्ञापन पत्र


कञ्चनपुर: कञ्चनपुरको भीमदत्त नगरपालिका क्षेत्रका सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारी र बाल विकासका शिक्षिकाले चालु आर्थिक बर्ष २०७८/०७९ मा संघ सरकारले तोके बमोजिक पारिश्रमिक उपलब्ध गराउन माग गरेका छन । जिल्ला अन्य नगर तथा गाँउपालिकाले संघ सरकारले तोके अनुरुप बाल विकासका शिक्षिक र विद्यालय कर्मचारीलाई पारिश्रमिक उपलब्ध गराएको भन्दै भीमदत्त नगरपालिकाले संघ सरकारको निर्णय कार्यान्वयन नगरेको भन्दै ज्ञापन पत्र बुझाएका छन । सोमबार भीमदत्त नगरका सामुदायिक विद्यालय कर्मचारी तथा वाल विकासका शिक्षकले ज्ञापन पत्र बुझाउँदै संघ सरकार र स्थानीय सरकारको संयुक्त बजेटबाट मासिक १५ हजार उपलब्ध गराउने निर्णय कार्यान्वयन नभएको भन्दै दुई दिने अल्टिमेटम दिईएका छन ।

नेपाल विद्यालय कर्मचारी परिषद कञ्चनपुरका अध्यक्ष लक्ष्मण भट्टले सामुदायिक विद्यालयमा कार्यरत कर्मचारी र बाल विकासका शिक्षकको हकमा संघ सरकारले गरेको निर्णय कार्यान्वयन गर्न भीमदत्त नगरपालिकालाई ज्ञापन पत्र बुझाएको छ । उनका अनुसार सोमबार भीमदत्त नगरपालिका नगर शिक्षा शाखा प्रमुख हरिदत्त जोशीलाई ज्ञापन पत्र बुझाएको बताए । अध्यक्ष भट्टले भीमदत्त नगरपालिकाले निम्न स्तरका कर्मचारीमाथि गरेको विभेदपूर्ण व्यवहार देखाएको बताए । ‘अन्य नगरपालिकाले संघ सरकारले गरेको निर्णय पालना गर्न हुने, ‘उनले भने, ‘भीमदत्त नगरपालिकाले गर्न किन आलटाल ।’ अघिल्लो केपी ओली नेतृत्वको सरकारले बजेट मार्फत बाल विकासका शिक्षक र विद्यालय कर्मचारीको मासिक १५ हजार दिने निर्णय गरेको थियो ।

भीमदत्त नगरपालिका प्रवक्ता हिमाल चन्दले बजेट अभाव हुँदा तलब दिन नसकेको बताए । उनले अध्ययन गरेर विद्यालय कर्मचारी र बाल विकासका शिक्षकलाई तलब बृद्धि गर्ने बताए । कतिपय भीमदत्त नगरपालिका क्षेत्रमा सामुदायिक विद्यालय कर्मचारी र बाल विकासका शिक्षिकले तत्तकालिन केन्द्रीय कम्यूनिष्ट सरकारले गरेको निर्णय स्थानीय कम्यूनिष्ट नेतृत्वको सरकाले बजेट अभाव भन्दै निम्न कर्मचारीमाथि घरबाट ल्याएर दिनेजस्तो अछुतो व्यवहार गरेको आरोप लगाईरहेका छन । अन्य पालिकाले दिन हुन भीमदत्त नगरपालिकाले मात्रै बजेट अभाव देखाएर किन दिन नहुने भन्दै उनीहरुले बिरोध गरेका छन । संघ सरकारको निर्णय कार्यान्वयन नभए नगरपालिका बिरुद्धमा आन्दोलन गर्ने उनीहरुले चेतावनी दिएका छन ।


ताजा समाचार

spot_img