कञ्चनपुरमा कम लगानीमा कम्प्युटर कक्षा पढन पाईने


कञ्चनपुर : कञ्चनपुरमा कम लगानीमा कम्प्युटर कक्षा संचालन हुने भएको छ राईट स्टेप एजुकेशन प्रालीले २ वटा कम्प्युटर ईन्स्टिच्युटबाट मासिक ५ सयमा बिधार्थीहरुलाई कम्प्युटर शिक्षा दिने भएको छ । एसीसी पास गरेको तथा २२ वर्ष पुगेका ८ कक्षा पास गरेका युवा तथा माथीका उमेर भएका विधार्थीहरुले कम लगानीमा कम्प्युटर शिक्षा पाउने भएका हुन् ।

राईट स्टेप एजुकेशन प्रालीका सुदूरपश्चिम संयोजक दिपेन्द्र शर्मा पौडेलले गरिव अनाथ मिहिनेती विधार्थीहरुलाई मासिक रुपमा ५ सय देखी ८ सय सम्म लगानी गरेर १ वर्षमा विधार्थीहरुलाई निशूल्क रुपमा ड्रेस कितावहरु पनि उपलब्ध गरिने बताए । अहिले कञ्चनपुरमा ३ सय ५० विधार्थीहरुलाई यो वर्ष अध्ययन गराउने र आगामी वर्षको मंसिरमा फेरी ईन्ट्रान्स गराएर विधार्थी भर्ना गरिने उनले बताए ।

कञ्चनपुर स्मार्ट कम्प्युटर ईन्सिटिच्युट र माईक्रोसफट कम्प्युटर ईन्सिटिच्युटमा विधार्थीहरुलाई कम्प्युटर अध्धयन गराईने भएको छ । उक्त प्रालीले अहिले सुदूरपश्चिममा कैलाली, कञ्चनपुर,डडेल्धुरा र डोटीमा ८ सय ५० विधार्थीहरुलाई कम्प्युटर शिक्षा प्रदान गरिरहेको छ । कञ्चनपुरमा २०७४ साल देखी प्रालीले जिल्ला शिक्षा समन्वय एकाई कार्यालयसंग समन्वय गरि कम्प्युटर अध्यापन गराई रहेको छ ।


ताजा समाचार

spot_img