कञ्चनपुर : जिल्ला प्रहरी कार्यालय कञ्चनपुर बाट खटिएको प्रहरीको सयुक्त टोलीले विशेष सूचनाको आधारमा बेलौरी –१० भुडा स्थित नेपाल भारत सिमा बाट लागु औषध सहित तिन जना युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भीनपा –१ राजिपुर बस्ने वर्ष २३ को सागर कार्की, बेलौरी–१० शिवनगर बस्ने वर्ष १८को जनम रेग्मी र बेदकोट नगरपालिका –८ गैलनदी बस्ने वर्ष २३ को ज्ञानेस विष्टलाई पाँच ग्राम लागु औषध खैरो हिरोईन र १ मोटर साईकल सहित पक्राउ गरी थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवत्ता लाल बहादुर बमले बताएका छन् ।







