उखु किसानका अगुवा चेतन कुमार राई काँग्रेस प्रदेश सभापतिको यात्रा


कञ्चनपुर : कञ्चनपुरका उखु किसानका अगुवा चेतन कुमार राईकाँग्रेस प्रदेश सभापतिको यात्रामा होमिएका छन । बेलडाँडी गाँउपालिका ४ वैवाहका स्थानीय उखु किसान समेत रहेका अगुवा राई काँग्रेस क्षेत्र नम्बर १(ख) सभापतिको यात्रामा होमिएका हुन ।
अध्ययनकै सिलसिलादेखि विद्यार्थी राजनीतिमा होमिएका राई अध्ययन सकेपछि थुप्रै सरकारी रोजगारी एव व्यापार व्यवसाय भन्दा घरमै आएर कृषि रोजेका थिए ।
०६१ सालतिर कुमाउ विश्वविद्यालयबाट समाजशास्त्रमा स्नाकोत्तर गरेका राई ‘नेपाल विद्यार्थी एकता समाजमा आबद्ध भर्ई विदेशमा समेत विद्यार्थीको हकहितका लागि काम गरेको थिए । अध्ययन गरेर घर फर्किएका राईले फरक फरक संस्थाका संलग्न भई किसानकै हितमा काम गरेका छन ।
गाँउमा पढेलेखेका युवा भएकाले उनलाई स्थानीयले सरस्वती मावि विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा जिम्मेबारी दिएका थिए । सामुदायिक विद्यालयको अध्ययन हुँदा उनले शिक्षा क्षेत्रमा काम गरेसंगै किसानको हकहितका लागि काम गरिरहेका छन ।
किसानको हकहितकै लागि महाकाली सिँचाई दोस्रो चरण क्षेत्रीय समितिको कोषाध्यक्ष र उखु किसान उत्पादक हकहित संरक्षण समितिको समेत कोषाध्यक्ष छन । किसानको हक हितका लागि थुप्रै काम गरेका राईसंगसगै राजनीतिमा समेत सकृय उत्तिकै छन । राजीतिमा होमिएका किसान नेता राईले किसानका वास्तविक समस्या पहिचान गर्दै हक अधिकारका लागि संम्बन्धीत निकाय घचघच्याउँदै अधिकार दिलाउन सफल भएका छन । काँग्रेस १२ औँ महाधिवेशनमा बेलडाँडी गाँउको सचिवको जिम्मेबारी पुरा गरेपछि उनलाई १३ औँ महाधिवेशनबाट क्षेत्र नम्बर १ को क्षेत्रीय उपसभापतिको जिम्मेबारी पाईयो ।
यही विचमा केही दिन काँग्रेसले क्षेत्र नम्बर १(ख) को समिति बिहिन संयोजकको उनलाई जिम्मेबारी दिएको छ । अहिले पार्टीको १४औँ महाधिवेशन चलिरहेको छ । उनी १(ख)बाट प्रदेश सभापतिका लागि देखिएका छन । राईले आफ्नो प्यानलै बनाएर चुनावी मैदानमा होमिएका छन । ‘यस अघि म कार्यकारी थिएन, तैपनि प्रदेश सभापतिको जिम्मेबारीमा थिए, ‘उनले भने, ‘अहिले प्रदेश १(ख) को कार्यकारी सभापतिको यात्रामा छुँ सबै नेता कार्यकर्ताले मेरो भावना बुझेका छन ।’ आफुलाई प्रदेश सभापतिको जिम्मेबारी पाईएसंगै संगठनलाई चुस्त दुरुस्त राख्दै किसान, जनताको सेवा गर्ने राईले प्रतिबद्धता जाहेर गरेका छन ।


ताजा समाचार

spot_img