विप्लव क्रान्तिकारीले शैक्षिक विकृति बिरुद्धमा प्रदेशमा अभियान संचालन गर्ने


कञ्चनपुर : नेकपा विप्लव निकट अखिल क्रान्तिकारी सुदूरपश्चिम प्रदेश समितिले प्रदेशमा भईरहेको शैक्षिक विकृती बिसङगती बिरुद्धमा भण्डाफोर अभियान संचालन गर्ने भएको छ । पहिदो चरण अन्र्तरगत एकसाथ बैतडी, कैलाली र डोटीबाट एकसाथ अभियान संचालन हुनेछ ।

अखिल क्रान्तिकारी सुप प्रदेशका ईन्चाज प्रकास जप्रेलले हस्ताक्षर गरेको विज्ञप्तीमा जनवादी शिक्षाका लागि प्रदेशका जिल्लाहरुमा भण्डाफोर जागरण अभियान संचालन गर्ने जनाएको छ । विद्यालयले लगाएको चर्को शुल्क, छात्रबृति नदिने प्रवृति, यातायातमा विद्यार्थीले पाउनुपर्ने, वाढीप्रभावित क्षेत्रमा यथाघिश्र राहतको माग अघि सारेको छ । सुप विश्वविद्यालय सहितमा भईरहेका बेथिति बिरुद्ध संघर्ष गर्दै आम विद्यार्थीको हक हितका लागि अधिकार दिलाउने जनाएको छ ।

जातिय विभेद, महिला हिन्सा समाजिक विकृति बिरुद्धमा समेत संघर्ष गरिने जनाएको छ । क्रान्तिकारीले कैलालीको गेटा मेडिकल कलेज संचालनका लागि समेत सम्बन्धीत पक्षको ध्यानाकर्षण गराएको छ ।


ताजा समाचार

spot_img