कञ्चनपुर: प्रजातन्त्र सेनानी मदन चन्द सहितका नागरिकलाई कञ्चनपुरमा अभिनन्दन गरिने भएको छ । प्रजातन्त्र सेनानी मदन चन्द नागरिक अभिनन्दन मुल आयोजक समितिले प्रजातन्त्र सेनानी मदन चन्द सहितका नागरिकलाई कञ्चनपुरमा अभिनन्दन गरिने भएको हो । मंगलबार महेन्द्रनगरमा एक समारोहका विच प्रजातन्त्र सेनानी मदन चन्द सहितका योद्धाहरुलाई नागरिक अभिनन्दन गरिने आयोजकले जनाएको छ । ०४६ सालपुर्व नेपालको प्रजातान्त्रिक आन्दोलनमा संघर्ष गरेका चन्द सहितका योद्धाहरुलाई अभिनन्दन गरिने छ । प्रजातन्त्र सेनानी चन्दको ३० कार्तिकमा ७९ बर्षको अवसर पारेर नागरिक अभिनन्दन गरिने छ ।

रथयात्रा सहित चन्दको ग्रन्थ बिमोचन समेत गरिने भएको छ । चन्दले समाजिक क्षेत्रमा पु¥याएको राजनीतिक, समाजिक ऐतिहासिक आन्दोलनलाई उच्च सम्मान गर्दै सम्मान गरिन लागिएको छ । मनुमदन साँस्कृतिक प्रतिष्ठानका अध्यक्ष तथा प्रजातन्त्र सेनानी मदन चन्द नागरिक अभिनन्दन मुल आयोजक समितिका सदस्य शमरजङ्ग बहादुर चन्दले रथयात्रा सहित सम्मान गरिने बताए । प्रजातन्त्र सेनानी मदन चन्द नागरिक अभिनन्दन मुल आयोजक समितिका सदस्य तथा सहप्राध्यापक श्याम सुन्दर ढकालले चन्द सहितका प्रजातन्त्र पूर्नस्थापनाका लागि योगदान पु¥याएका व्यक्तित्वहरुलाई सम्मान गर्ने कार्यबाट थप उत्प्रेरणा मिल्ने बताए । चन्दको ग्रन्थलाई आचार्य घनश्याम लेखक प्रधान सम्पादक र साहित्यकार कविराज भट्टले सम्पादन गरेका थिए ।

पंचायती व्यवस्था बिरुद्ध अभियानका सुदुरपश्चिमका एक मजबुत खम्बाका रुपमा परिचित तथा जिउदा सहिदको उपमा पाएका चन्दको एक समारोहका विच ग्रन्थलाई समेत बिमोचन गरिने छ । प्रजातन्त्र प्राप्तिका लागि जेल र हिरासत गरि ५७ पटक पक्राउ परेका चन्द ०३६ देखि ०६२ सम्म पटक पटक पंचायती व्यवस्था र राजत्रन्त्रका बिरुद्ध लडेका थिए । चन्दलाई राजनीतिक लाभ नलिने तथा सधै अटल र इमान्दार राजनीतिज्ञका रुपमा लिने गरेको थियो चन्द ०४७ साल पछि कंचनपुर देखि काठमाडौँको सिंहदरबारमा हिम्मति र इमान्दार नेताका रुपमा चिनिएका व्यक्ति हुन । बि पी कोइराला, कृष्ण प्रशाद भट्टराई, गणेशमान सिंह, गरिजा प्रशाद कोइराला, लोकेन्द्र बहादुर चन्द, सुर्य बहादुर थापा, सुशील कोइराला, मनमोहन अधिकारी संग उठबस गरेका निज चन्दलाई हाल सम्म पनि सिंह दरबार भित्र कन्चनपुरका हिम्मति इमान्दार राजनीतिज्ञको चर्चामा उदाहरणका रुपमा नाम लिने गरिन्छ ।

बैतडीको अति नै बिकट रोदिदेवलको तिताबै भन्ने ठाउँबाट भारतमा मजदूर काम गर्द गर्दै भारतीय सेनामा जागिर गरेका चन्दले भारतीय सेनाको तर्फ बाट सन १९६१ मा गोवा लडाई, १९६२ को भारत चीन लडाई, १९६५ को भारत पाकिस्तान र १९७१ को भारत पुर्बी पाकिस्तान बंगलादेशको लडाईमा सहभागि भएका थिए । चन्दले भारतीय सरकारको तर्फबाट ४ बिजेता पदक सहित करीब एक दर्जन मान पदक पाएका थिए र भारतीय सेना अवकाश पछि नेपालमा आफैले पंचायती व्यवस्था बिरुद्ध लड्ने भू पु सैनिक दल ०३१ क्ञ्चनपुरको मझ गाउँमा तत्कालिन शाही सेनामा गरेको सामुहिक बलात्कार बिरुद्ध गठन गरिएको गठन गरेको, केन्द्रिय उपाध्यक्ष नेपाल भू पु सैनिक संघ , नेपाली काँग्रेस जिल्ला कार्य वाहक सभापति सहित विभिन्न संघ संस्थामा आबद्ध रही कार्य गरेका थिए ।
बाल अनाथालय ०४८ साल देखि निरन्तर ०६४ सालसम्म विशुद्ध समाजसेवा गरेका चन्दले देशभरिका ४सय बढी अनाथलाई अध्ययन सहित रोजगारी सम्म पुगाउन सफल भएका छन । प्रजातन्त्र सेनानी चन्द राष्ट्रिय संघ संस्था पुरस्कार २०५४ बाट पुरुस्कृत साथै उत्कृष्ट सामाजिक सेवा पुरस्कार २०५६ सहित २ दर्जन भन्दा बढी राष्ट्रिय तथा स्थानीय सेवा पुरस्कार, पदकबाट सम्मानित भएका छन । रोशन नामक लेखकको संकलन, लोक दर्पण गौरा, होलि तथा भैलो गीत संग्रह सहित आधा दर्जन भन्दा बढी पुस्तक प्रकासन गरेका चन्द साहित्यकार पनि हुन ।






