कलश महिला कृषि सहकारी संस्थाको साधारण सभा सम्पन्न


कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका ८ बेलडाँडीमा रहेको कलश महिला कृषि सहकारी संस्थाको शुक्रवार दोश्रो साधारण सभा सम्पन्न भएको छ । साधारण सभामा सहकारीका कोषाध्यक्ष सोमी चौधरीले आब ०७७÷७८ को ५३ लाख ५९ हजार ६५० आय व्यय प्रस्तुत गरेकी छन । उनका अनुसार सहकारीमा आबद्ध सदस्यहरुलाई कृषियन्त्र तथा सिंचाई अनुदान १३ लाख ३३ हजार १२५, टनेल निर्माणका लागि १ लाख १ हजार ४२६,बीउ उत्पादनका लागि १० लाख ७३ हजार ९३६ रकम लगानी गरिएको छ । व्यवसायीक तरकारी खेती, बंगुर, कुखुरा, माछापालन, च्याउन उत्पादन लगायतमा छ लाख २७ हजार रकम परिचालन गरिएको छ ।

सहकारीले किसानलाई मल बीउ बिषादी २ लाख ९२ हजार १७५ सहुलियत मूल्यमा बिक्री गरेको छ । साधारण सभाका प्रमुख अतिथि वडा अध्यक्ष बहादुर सिंह महराले आयस्तर बढाउनका लागि सहकारीले गरेको प्रयासको सह्रना गर्दै उत्पादनशिल क्षेत्रमा अझै लगानी गरी सबैलाई व्यवसायीक बनाउनु पर्ने बताए । सिद्धनाथ माध्यमिक विद्यालयका अध्यक्ष करन बहादुर बोहराले पुरुष प्रधान समाजमा महिलाहरुले सहकारीको व्यवस्थापन गरी गाँउको विकासमा टेवा पुरयाएको बताए ।

भलमन्सा डिल्ला बहादुर चौधरीले महिलाके गर्न सक्छन र भन्नेहरुकै अगाडी महिलाहरुले पौरख गरेर देखाएको बताए । कालिका सामुदायिक वनका उपाध्यक्ष रुद्रबहादुर बिष्टले सहकारीको साधारण सभा सफलताको कामना गर्दै शेयर सदस्य बढाई पूजिँमा बृद्धि गरिनु पर्ने बताए । सहकारीका अध्यक्ष मिना देवी डगौराले भवन निर्माणका लागि प्रदेश सरकार समक्ष प्रस्ताव पेश गरिएको बताईन । तरकारी लगायको कृषि उपज ढुवानीका लागि समेत साधनको व्यवस्था गर्नका लागि लागेका छौं उनले भनिन् यसका लागि प्रदेश सरकार र नगरपालिकाको सहयोग चाहिएको छ ।


ताजा समाचार

spot_img