कञ्चनपुर : नेपाल रेडक्रस सोसाइटी शाखा कार्यालय कञ्चनपुरले अभिमुखीकरण कार्यक्रम गरेको छ । भाद्र महिनाको दास्रो साता आएको अविरल वर्षाको कारण कञ्चनपुका विभिन्न भागमा बाढि पिडित भएका थिए जसले गर्दा धेरै धनजनको नोक्सान भएको थियो ।

त्यस्तै बाढी पिढित बाट भर्खर बाहिर निस्केका समुदायमा झाडा पखाला जस्ता महामारी बढ्न सक्ने हुनाले त्यसको रोकथामको लागि केहि दिन पहिले बाढि पिडित क्षेत्रमा गई अति विपन्न परीवार र त्यहाँ महामारी फैल्न सक्ने क्षेत्रको पहिचान गरी नेपाल रेडक्रस सोसाइटी शाखा कार्यालय कञ्चनपुरले अति आवश्यक समान वितरण गरेको छ जस्ते ः त्रिपाल, साबुन, म्याट, सेन्टरी प्याड, जस्ता अति आवश्यक समान वितरण गरको छ ।

शुक्रबार शुक्लाफाँटा नगरपालिकाको वडा नं.१२ स्थित गौडी र कृष्णपुर नगरपालिकाको बनरानदी किनाराको शिविरमा रेडक्रस सोसाइटीका जिल्ला फोकल पर्सन करबीर चन्दले स्वास्थ्य सरसफाई, स्वच्छताका साथै लैङ्गिक समावेशीकरण बारे अभिमुखीकरण गरेका छन् ।







