कञ्चनपुर : नेकपा एमाले बेलडाँडी गाँउपालिकाको अध्यक्षमा लक्ष्मण भाट चयन भएका छन । एमाले बेलडाँडीका पुराना नेता भाटकै अध्यक्षतामा एमाले गाँउ कमिटि विस्तार गरिएको हो । उपाध्यक्ष प्रेम खाती, सचिव गणेश विष्ट, उपसचिव विष्णू उपाध्याय, शंकर भट्ट रहेका छन ।

एमाले बेलडाँडीको नव कार्य समितिले पार्टीको नीति, सिद्धान्त अनुरुप काम गर्ने प्रण गरेका छन । एमाले बेलडाँडी गाँउकमिटी पदाधिकारीलाई एमाले प्रदेश सदस्य तथा प्रचारप्रसार विभाग सदस्य रोशन खडकाले अबिर लगाएर स्वागत गरेका छन । एमाले युवा नेता खडकाले बेलडाँडी एमाले पदाधिकारीलाई बधाई तथा शुभकामना दिदै जनताको पक्षमा काम गर्न आग्रह गरेका छन ।







