अन्तराष्ट्रिय लेखा दिवस मनाइयो


कञ्चनपुर : धनगढीमा रहेका लेखा व्यवसायीहरुले अन्तराष्ट्रिय लेखा दिवस मनाएका छन् । पहिले हिसाब किताब राख्दा एकल प्राणलीबाट राख्निे गरिन्थ्यो पछि इटालीका व्यक्ती लुकापेसियोलीले दोहोरो लेखा प्रणाली पद्धती शुरुवात गरे पछि विश्वमा नै दोहोरो लेखा प्रणाली बाट लेखा राख्ने चलन आएको हो उनकै यादमा अन्तराष्ट्रिय दिवस मनाउने गरीन्छ । उनलाई लेखा पद्धातीको पिताको रुपमा पनि मानिन्छ ।

 

प्रत्येक वर्ष १० नोभेम्बरमा मनाइने अन्तराष्ट्रिय लेखा दिवस यस वर्ष पनि धुमधामका साथ मनाइएको छ । लेखा व्यवसायीहरुले अन्तराष्ट्रि मापदण्ड अनुसार व्यवस्थीत गर्ने उद्देश्यका साथ लेखा व्यवसायी हरुले धनगढी चौराह देखि शुरु गरेको ¥याली पार्कमोड पुगेर कोण सभामा परिणत भएको थियो । अन्तराष्ट्रिय लेखा दिवस लेखा प्रणालीलाई अन्तराष्ट्रिय मापदण्ड अनुसार व्यवस्थीत गर्नुको साथै लेखा व्यवसायमा एकरुपता ल्याउनको लागि यो दिवस निकै महत्वपुर्ण रहेको शाखा समन्वय समितिका संयोजक सिए उमेश राज पाण्डेयले बताउनु भयो ।

¥यालीमा लेखा व्यवसाय संग आवद्ध रहेका व्यवसायी, एसपिए कलेजका विद्यार्थी, अडान संस्थाका सदस्य तथा सिएहरुको सहभागिता रहेका थियो भने नेपाल चार्टड एकाउन्टेन्टस संस्थाले आयोजना गरेको उक्त कार्यक्रममा स्वागत मन्तव्य शाखा समन्वय समितिका सदस्य अमर राज जोशीले गरेका गर्नु भएको थियो । उक्त सभालाई शाखा समन्वय समितिका सदस्य चेत राज ओझा, सिए जन्म राज तिमिल्सेनाले सम्बोधन गर्नु भएको थियो । कार्यक्रमको समापन शाखा समन्वय समितिका संयोजक सिए उमेश राज पाण्डेयले गर्नु भएको थियो । कानुन विषयमा स्नातक गरेका पाण्डेयले अर्थशास्त्रमा स्नाकोत्तर गर्नु भएको छ ।

No description available.

No description available.

No description available.

No description available.

 


ताजा समाचार

spot_img