कञ्चनपु: नेकपा माओवादी केन्द्र निकट वाईसियल नेपालले कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका १० कुतियाकबर बाढि प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरेको छ । मंगलबार वाईसियल नेपाल कञ्चनपुरका नेता कार्यकर्ताले वाढि प्रभावित क्षेत्रको स्थलगत अनुगमन गर्दै राहत, पूर्नस्थापना र पूर्ननिर्माणमा जोडदिएको छ ।

वाईसियल नेपाल भीमदत्त नगरका इन्चार्ज एव कञ्चनपुरका युवा नेता तुल बहादुर थापाले वाढिले सीमावर्ती गाँउ तहसनहस हुँदा समेत सरकारले राहत, पूर्नस्थापना एव पूर्निनिर्माणका लागि प्रभावकारी योजना ल्याउन नसकेको भन्दै सीमा सुरक्षामा समेत खटिएका जनताको भावना समेट्न नसकेको बताए ।वाईसियल नेपाल कञ्चनपुरले सीमावर्ती बाढी प्रभावित गाँउको क्षतिग्रस्थ पूर्ननिर्माणमा जोडदिदै पीडित नागरिकलाई क्षतिपूर्ति राहत दिनुपर्नेमा जोडदिएका छन ।







