कञ्चनपुर : नेकपा एमाले कृष्णपुर नगरको अध्यक्षमा विद्यार्थी नेता गणेश सिह ऐरी चयन भएका छन । एमाले कृष्णपुर नगरको अध्यक्षमा ऐरी चयन भएका हुन । कृष्णपुर नगरको अध्यक्षका लागि छत्र महरा, अमरजङ्ग शाही, लोकेन्द्र विष्ट सहितका नेताहरु आँकाक्षी देखिएका थिए । तर, अन्तत सहमतीय आधारमा कृष्णपुर नगरको अध्यक्षमा विद्यार्थी नेता गणेश सिह ऐरी नै चयन भएका छन ।

आफु निकटलाई अध्यक्ष बनाउन माओवादीबाट एमाले प्रवेस गरेका लेखराज भट्टले एमाले कृष्णपुर नगरको अधिवेशन उद्घाटन गर्न समेत आएका थिए । अध्यक्षका लागि माओवादी खेमाबाट प्रवेस गरेका लोकेन्द्र विष्टलाई बनाउन लेखराज भट्ट नै कृष्णपुर नगरको सम्मेलन उद्घाटन गरेर प्रभाव पार्न खोजेपनि सो सफल नभएको एक एमाले नेताले बताए । एमाले कृष्णपुरको नगर अध्यक्ष भएका ऐरीको यस्तो छ राजनीतिक ईतिहास ।
१. २०५८ सालमा कक्षा ८ मा अध्ययन गर्दा अनेरास्ववियुको सदस्यता प्राप्त गरि उदय मा.बी बक, प्रारम्भिक कमिटी सचिव
२. २०५९र६० साल उदय मा.वि. बन्क प्रा.क. अध्यक्ष
३. २०६१९२०६३ बालजागृती उच्च मा.वि. महेन्द्रनगर प्रारम्भिक कमिटी कोषाध्यक्ष
४. २०६३ असार अनेरास्ववियु जिल्ला सम्मेलन आयोजक कमिटी सदस्य
५. २०६५ भाद्र अनेरास्ववियु जिल्ला कमिटी सह९सचिव
६. २०६६ मंसिर९ माघ अनेरास्ववियु जिल्ला सम्मेलन आयोजक कमिटी सचिव
७. २०६६ माघ९ २०६७ भाद्र जिल्ला कमिटी सदस्य
८. २०६७ भाद्र९ २०६८ कार्तिक अनेरास्ववियु जिल्ला सम्मेलन आयोजक कमिटी उप९संयोजक
९. २०६८ कार्तिक९२०७१ असोज अनेरास्ववियु जिल्ला अध्यक्ष
१०. अनेरास्ववियु महाकाली अञ्चल कमिटी सचिव २०७०९२०७२
११. अनेरास्ववियु २१ औं राष्ट्रिय सम्मेलनमा केन्द्रिय सदस्यको उम्मेदवार
१२. अनेरास्ववियु २२ औं राष्ट्रिय महाधिवेशन २०७२ केन्द्रिय सदस्यमा निर्वाचित
१३. २०७७ अनेरास्ववियु केन्द्रिय सचिवालय सदस्य
१३. २०७८ असोज अनेरास्ववियु स्थायी कमिटी सदस्य तथा सुदुरपश्चिम प्रदेश सह९इन्चार्ज
नेकपा (एमाले) का तहगत कमिटीहरुमा काम गरेको
१. कृष्णपुर गाउँ कमिटी सदस्य
२. पार्टी विद्यार्थी फ्र्याक्सन सदस्य
३. नेकपा एमाले निर्वाचन क्षेत्र नम्बर २ क्षेत्रीय कमिटी सदस्य
४. नेकपा एमाले जिल्ला प्रचार बिभाग सदस्य
४. नेकपा एमाले निर्वाचन क्षेत्र नम्बर २ क्षेत्रीय कमिटी सचिवालय सदस्य तथा प्रचार बिभाग प्रमुख
५. नेकपा एमाले नगर संगठन कमिटी सदस्य
औपचारिक जिम्मेवारीहरुसङ्ग सङ्गै विभिन्न समयमा पार्टीले दिएका छोटो समयका औपचारिक अनौपचारिक जिम्मेवारीहरु पूरा गरि निरन्तर रूपमा अविचलित भई लागेको ।







