कञ्चनपुरमा सडक नाटकको आयोजना


कञ्चनपुर: राष्ट्रिय मुक्त हलिया समाज महासंघ नेपालले सडक नाटक गरेको छ । आफु सुरक्षीत हुन र अरुलाई सुरक्षीत बनाउने उदेश्यले कोभिड–१९ विरुद्ध विपन्न र पछाडि पारिएका वस्तीमा सडक नाटकको आयोजना गरिएको हो । राष्ट्रिय मुक्त हलिया समाज महासंघ नेपालका अध्यक्ष इश्वर सुनारका अनुसार कैलालीमा समेत सडक नाटक गरिएको उनले जानकारी दिए ।

No description available.

सञ्चार सेवाबाट टाढा रहेका स्थानियलाई सडक नाटकबाट मार्गदशन गर्न खोजिएको उनले जनाए ।कञ्चनपुरको भीमदत्तनगरपालिका –१ बाराकुण्डा मुक्त हलिया वस्ती, वडा नम्बर २ को उल्टाखाम र वडा नम्बर १९ बागफाटाको मुक्त हलिया वस्तीमा सडक नाटक पर्दशन गरिएको हो । सूचना सञ्चार र पहुँचबाट टाढा रहेका वस्तीहरुमा सडक नाटक देखाइएको उनले जनाए ।सडक नाटक सँगै जिल्लामा मास्क वितरण अभियान ,कोरोना सम्बन्धी जनचेतना मुलक अभियान गरिएको थियो ।

No description available.


ताजा समाचार

spot_img