टी-२० क्रीकेट प्रतियोगिताको उपाधी भी.न.पा १३ लाई 


कञ्चनपुर : भी.न.पा.१२ नम्बर वार्ड कार्यालय र जनसेवा युवा समाजको साझेदारिमा संचालित वार्ड स्तरीय टी–२० प्रतियोगिता बिहिवार सप्पन्न भएको छ । असोज २० गते देखी सुरु भएको प्रतियोगिता लिग चरण हुँदै आज १८ गते फाईनल सम्म पुगेर समापन भएको छ । भी.न.पा.का १९ वटै वडाहरु बाट जम्मा ३२ वटा टिमहरुको प्रतियोगितामा सहभागिता रहेको थियो। प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने टिम लाई नगद रु १,११,१११, खसी, ट्रफी सहित प्रमाणपत्र त्यस्तै दोस्रो स्थान हासिल गर्ने टिमलाई नगद रु ५१,१११, ट्रफी र प्रमाणपत्र बितरण गरिएको थियो ।

No description available.

प्रथम स्थान भी.न. पा. १३ ले हासिल गरेको छ भने द्वितीय स्थान भी न पा ५ ले हासिल गरेको छ । प्रतियोगितामा विभिन्न क्षेत्रमा उत्कृष्ट स्थान हासिल गर्ने खेलाडीहरुलाई पुरस्कारको ब्यवस्था गरिएको थियोे । जसमा अनुशासित खेलाडीमा वार्ड नम्बर १ को टिम, उदयमान खेलाडीमा वार्ड नम्बर ५ का चन्द्र देब बिस्ट , बेस्ट क्याचर मा वार्ड नम्बर १३ का टेकेन्द्र भट्ट ,बेस्ट बलर मा वार्ड नम्बर १६ का किरन ठगुन्ना ,बेस्ट बेस्टम्यानमा वार्ड नम्बर १२ का सोनु बिस्ट, म्यान अफ द सिरिज वार्ड नम्बर १६ कै किरन ठगुन्ना, त्यसै गरि म्यान अफ द म्याच वार्ड नम्बर १३ का सुरज ठगुन्ना लाई प्रदान गरिएको थियो। कार्यक्रम मा विभिन्न वार्ड का जनप्रतिनिधि , स्थानीय लगायत बाक्लो उपस्थिति रहेको थियो ।

भी. न पा १२ का वार्ड अध्यक्ष कृष्ण देउपा को सभापतित्व, भी.न.पा नगर प्रमुख सुरेन्द्र बिष्टको प्रमुख आतिथ्यमा सप्पन्न भएको कार्यक्रममा नगर प्रमुख बिष्ट ले खेलकुद क्षेत्रको लागि भी न पा ले सधै सहयोग गर्ने र राष्का गहनाहरुको सधै सम्मान गरिने बताए । त्यस्तै भी न पा १२ का वार्ड अध्यक्ष एवम् समारोहका सभापति कृष्ण देउपाले प्रतियोगिता सभ्य र भब्य भएको र प्रतियोगिता अवधी भर सहयोग गर्ने सम्पुर्ण मनकारी तथा खेल प्रेमीहरुलाई धन्यवाद दिदै कार्यक्रम समापन गरेका थिए।


Loading Viewer...

ताजा समाचार

spot_img