बाढीले बगाएपछि पिडामा कुतियाकवर बस्ती (फोटो फिचर)

दोधारा । गत महिनाको ३१ गते देखि तीन दिन सम्म अविरल लागेको वर्षाले महाकाली नदी र जगबुडा नदीमा बाढी आउदा नदीको भंगालो बस्तीमा पसेपछि दोधारा चाँदनी नगरपालिका वडा नं. १० कुतियाकवरका माया देबि सुनारको घर क्षतबिक्षत पाऱ्यो । घरमा भएको सबै थोक बाढीले आफु संगै लग्यो । बाढी पछि घर र थोरै खेत तहसनहस भएपछि परिवार सहित बाढीले भत्काएको घर टालटुल गर्दै ओत लागेका छन् । माया देबि सुनारको जस्तै कुतियाकवरका ४२ घरधुरीको घरहरु पुर्णरुपमा क्षतिग्रस्त भएको छ् ।

कुतियाकवरमा मोतिराम सुनारको धान खेत मरुभुमी बनेको छ् । खेतमा भएको धान नदीको भंगालोले बगाएपछि मोती राम सुनारले अबका दिन घर कसरी चाउने भन्ने चिन्ताले सताएको छ् । यति बेला खेतमा गहुँ लगाउने बेलामा सुनारको खेतमा बाढी पसेर बालुवा जम्मा गरिदिएको छ् । बाढीले पूरै सखाप भएको धान खेती देखाउदै मोतिराम सुनारले भने– ‘मेरो त सबथोक यही खेत थियो बाढीले केही बाँकी राखेन, अब के गर्ने ? के खाने ? समझमै आउदैन् ।’ उता खेत पनि रित्तिएपछि उनको परिवारमा भोकमरीको त्रास अहिले देखि नै सुरु भएको छ् । नगरपालिका मार्फत दाताहरुले दिएको खाद्यान्नको सहारामा कुतियावकर लगाएत बस्तीको दैनिकी चलेको छ् ।

बाढीले सबैथोक बगाएपछि उनिहरुको अनुहारमा खुशी समेत बगाएको छ् । वर्षेनी बाढीको चपेटमा रहेको कुतियाकवर तथा आसपासका बस्तीमा सरकारले बलियो तटबन्ध बनाउने कहिल्यै पलाएन् । यो पटक आएको बेमौसी बाढीले दोधारा चाँदनी नगरपालिका वडा नं. १० को शान्ती टोल, बैतिफाँटा, निशानी टोल, कुतियाकवर, प्रधान टोल लगाएत बस्तीमा बस्ने स्थानियहरुको खुशीले बगाएर लगेको छ् ।

ताजा समाचार

This will close in 10 seconds