महाकाली पहुँच मार्ग भत्किएको काण्डमा काँग्रेस नेताले भने, ‘छानबिन गरेर दोषि उपर कार्बाही गर्नुपर्छ’


कञ्चनपुर: नेपाली काँग्रेसका नेताहरुले महाकाली पुल पहुँच मार्ग भत्किएको विषयमा सरकारले छानबिन गर्नुपर्ने माग अघि सारेका छन । काँग्रेस कञ्चनपुरका नेताहरुले चार लेन महाकाली पुल मार्ग भत्किएको विषयमा छानबिन गर्नुपर्ने माग अघि सारेका हुन । बिहीबार महेन्द्रनगरमा क्षेत्र नम्बर ३ का उम्मेदवारहरुले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा काँग्रेस नेताहरुले तटबन्ध बिनै सडक निर्माण गर्ने, नदीमा सवारी साधन राखेर क्षतिपूर्ति माग्ने परम्पराको अन्त्य हुनुपर्नेमा जोडदिएका हुन ।

No description available.
काँग्रेस कञ्चनपुरका नेता गोपाल गुरुङ्गले महाकाली पुल निर्माण कम्पनीले गरेको बदमासीकै कारण सडक भत्किएको बताए । ‘मैले यो विषयमा सम्माननिय प्रधानमन्त्री ज्यू संग छलफल गरेको छु, ‘उनले भने, ‘तटबन्ध बिनै सडक निर्माण कार्यबाट सडक भत्किएको हो ।’ नेता गुरुङ्गले सडक निर्माणमा गुणस्तहिन काम भएको समेत बताए । ‘सडक मात्रै होईन ठेकेदारले रोयल्टी विवाद गर्दा उपभोक्ताले चर्को मुल्यमा ढुङ्गा, गिट्टी र वालुवा किन्नु परेको छ, ‘उनले भने, ‘यस्ता कार्य बिरुद्धमा पार्टीले एक्सन गर्नुपर्छ ।’ नेता गुरुङ्गले काँग्रेसमा आफु नेतृत्वमा नभएकाले आधिकारिक प्रेस विज्ञप्ती निकाल्नका लागि गर्न नसकेको बताए । काँग्रेसका अर्का नेता दिलेन्द्र रावलले महाकाली पहुँच मार्ग भत्किएको विषयमा सरकारले छानबिन गर्नुपर्ने बताए । ‘यो गम्भिर विषय हो, ‘उनले , ‘के कति कारणले भत्किएको यसमा सरकारले छानबिन गर्नुपर्छ ।’

No description available.
काँग्रेस नेताहरुले बाढीपीडितलाई राहत, क्षतिपूर्ति पूर्ननिर्माण एव महाकाली चार लेन सडक भत्किएको विषयमा छानबिन गरेर कार्बाहीको माग अघि सारेका छन । यस अघि काँग्रेस निकट नेपाल तरुण दलले समेत पुल निर्माणकर्ता ठेकेदारले तटबन्ध बिनै वालुवा राखेर निर्माण गरेको गुणस्तहिन सडक निर्माणमाथि छानबिनको माग अघि सारेका छन । काँग्रेस नेता एव क्षेत्र नम्बर ३ बाट उठ्ने क्षेत्रीय सभापतिका उम्मेदवार गणेश सिह नेगीले पार्टीलाई एक ढिक्का बनाउनका लागि उम्मेदवार दिएको बताए । ‘म सच्चा पार्टीका लागि काम गर्छु, ‘उनले भने, ‘यस पटक पार्टी नेतृत्वले हामी जस्ता पुराना काँग्रेसलाई हेर्नुपर्छ ।’ नेगीले भावि सभापति भए काँग्रेसलाई एक ढिक्का भएर अघि बढाउने बताए ।


ताजा समाचार

spot_img