पूर्णा मावि छात्राबासमा छात्राविच बबण्डर


कञ्चनपुर: कञ्चनपुरको एक सामुदायिक विद्यालयमा रहेको छात्राबासमा बबण्डर मच्चिएको छ । विद्यालय प्रशासनको उचित व्यवस्थापन अभावका कारण भीमदत्त नगरपालिका १२ ऐरीमा रहेको पूर्णा माविमा बबण्डर मच्चिएको हो । झण्डै एक दशकअघि बनेको छात्राबासमा मुक्त कम्लहरीका विद्यार्थी बस्दै आएका थिए । सरकारले मुक्त कम्लहरी छात्राको शैक्षिक बृद्धि विकासका लागि छात्राबास समेत निर्माण गरेर उनीहरुको दैनिक खानपानका लागि समेत व्यवस्था गरिदिएको छ । प्रतिव्यक्ति ४० हजारका दरले उनीहरुका लागि छात्रबृति आउँछ । शुरुका बर्षहरुमा मुक्त कम्लहरी छात्राको संख्या धेरै थियो, अहिले घट्दै गएको छ ।

घटेर १६ मा पुगेसंगै विद्यालयले गत बर्षदेखि प्राविधिक धारतर्फ पठन पाठन संचालन गरेसंगै ईन्जिनियर तर्फकाट ८विद्यार्थी (छात्रा) समेत छात्राबासमा बस्दै आएका थिए । दुवै प्रकृतिका विद्यार्थीले एकै मेसमा खाना व्यवस्था गरिएको छ । मुक्त कम्लहरी छात्राले ईन्जिनियर तर्फबाट छात्राले खाना खाएपछि भाँडाकुडा नधुने र आफुहरुलाई थकाउने गुनासो पोखेका छन । भने ईन्जिनियर तर्फबाट छात्राले आफुहरुमाथि लगाएको आरोप निराधार भएको बताएका छन । मुक्त कम्लहरी छात्राले आफ्नो नाममा आउने रकममा समेत विद्यालयले हिनामिना गरेको आरोप लगाएका छन । उनीहरुले आफुहरुका लागि आउने ग्याँस सहितका स्रोत साधन दुरुपयोगदेखि भान्से समेत व्यवस्थापन नगरिदिएको बताएका छन ।

मुक्त कम्लहरी विकास मञ्चका अध्यक्ष सिता चौधरीले छात्राबासमा अनियमितता एव छात्राले पाउनुपर्ने सेवा सुविधा नभएको दुखेसो पोखिन् । विद्यालयका प्रअ धनीदत्त पन्तले छात्राबासमा आएको समस्या समाधान गरिने बताए । चालु आर्थिक बर्ष चौमासिकसम्म नगरपालिकाबाट बजेट नआएको दुखेसो पोखे । ‘छात्राबासमा देखिएको समस्या समाधान गछौँ, ‘उनले भने, ‘यो सानोतिनो समस्या हो, विद्यार्थीकै माग अनुरुप खानेपरिकार खुवाईरहेका छौँ ।’


ताजा समाचार

spot_img