कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिका ७ हल्दुखालमा वडा स्तरिय कबड्डी प्रतियोगिता शुरु भएको छ । शनिबारदेखि भीनपा ७ वडा कार्यालय र दिपज्योति क्लबको आयोजनामा वडा स्तरिय कबड्डी प्रतियोगिता शुरु भएको हो । उक्त प्रतियोगितामा १२ टिमले सहभागिता जनाएका छन् । जसमा प्रथम पुरुस्कार २५ हजार द्वितिय १५ हजार तितिय र चौथो हुने टिमलाई रु.७ हजार ५सय राखिएको छ ।

भीमदत्त नगरका मेयर सुरेन्द्र विष्टले प्रतियोगिता उद्घाटन गर्दै खेल क्षेत्रको विकासमा नगरका तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे । कार्यक्रममा भीनपा ७का वडाध्यक्ष शंकर कुँवरले खेल क्षेत्रकोे विकासका लागि संयुक्त रुपमा प्रतियोगिता आयोजना गरिएको बताए ।

प्रतियोगिताको उद्घाटनकै दिन भीनपा ७को विजयी शुरुवात भएको छ । भीनपा ७ले १८लाई हराउँदै विजयी शुरुवात गरेको हो । भीनपा ७ले ६१ र भीनपा १८ले १५ अंक ल्याएका थिए । कुल १२ टिम सहभागि रहेको प्रतियोगिता १५ कार्तिकसम्म संचालन हुने छ ।







