ब्रम्हदेब क्षेत्रमा महाकाली नदीको मापदण्ड विपरित उत्खनन् गरेको भन्दै स्थानीय आन्दोलित


कञ्चनपुर : कञ्चनपुरकोे ब्रम्हदेब क्षेत्रमा रहेको महाकाली नदी सहितका खोला नालाको मापदण्ड विपरित उत्खनन् गरेको भन्दै स्थानीय आन्दोलित भएका छन । शनिबार ब्रम्बदेब महाकाली घाट क्षेत्रमा स्थानीयले महाकाली नदी सहितका खोला नालाको मापदण्ड विपरित उत्खनन् गरेको भन्दै स्थानीय आन्दोलित भएका हुन ।

स्थानीय युवा हरिस सिह ऐरीले महाकाली नदी सहितका उत्तरी भेगका खोला नालाको ठेकेदारले अनियन्त्रित रुपमा गरिरहेको उत्ख्नन बिरुद्धमा स्थानीयले टिप्पर रोकेर भविष्यमा आउने सक्ने प्राकृतिक प्रकोप नियन्त्रणको माग अघि सारेर आन्दोलित भएको बताए । स्थानीयले ढुङ्गा, ग्राभिलिङ्ग, वालुवा ल्याउने सवारी साधन रोकेर आन्दोलन गरेका थिए । स्थानीयले तटबन्धको माग अघि सारेका छन ।


ताजा समाचार

spot_img