कञ्चनपुर: कञ्चनपुरको भीमदत्त नगरपालिका ११ नम्बर वडामा महिला नेतृले पार्टीको नेतृत्व सम्हाल्ने भएका छन । शुक्रबार एमाले वडा अधिवेशनबाट गिता ओली नेतृत्वमा भीनपा ११मा वडा कमिटि सर्वसम्मतबाट विस्तार भएको हो । महिला नेतृ ओली भीमदत्त नगरपालिका कार्यपालिका सदस्य पनि हुन ।

शिक्षण पेशा क्षेत्रबाट राजनीतिमा होमिएकी गिता ओलीले अब एमाले वडा कमिटिको नेतृत्व सम्हाल्ने भएकी छिन । उपाध्यक्ष श्याम प्रशाद आचार्य, सचिव मोहन विष्ट, उप सचिव भानसिह धामी, रमेशराम लुहार रहेका छन । भीनपा ११ एमाले नेतृत्व पाएकी गिता ओलीले पार्टीले दिएको जिम्मेबारी निर्भिकताका साथ पुरा गर्ने बताईन । उनले पार्टी नेतृत्व एव सहकर्मीमाथि आभार प्रकट गरेकी छिन ।







