कञ्चनपुर /लाल बहादुर एसके: पुर्वखानेपानी मन्त्री बिना मगरले कञ्चनपुरका बाढीपीडित जनताका लागि तत्तकाल राहत, पूर्नस्थापना एव क्षति भएको अन्नबाली भौतिक सम्पतीको क्षतिपूर्तिका लागि प्रदेश सरकारसग माग गरेकी छिन ।
बिहीबार पुर्वमन्त्री मगरले सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन प्रशाद भट्टलाई ज्ञापन पत्र बुझाउँदै बाढीपीडित जनताका लागि तत्तकाल राहत, पूर्नस्थापना एव क्षति भएको अन्नबाली भौतिक सम्पतीको क्षतिपूर्तिका लागि प्रदेश सरकारसग माग गरेकी हुन ।

ज्ञापन पत्र बुझाउँदै पुर्वमन्त्री मगरले बाढीपीडितको बेहाल भएकाले प्रदेश सरकारका तर्फबाट सक्दो राहतका प्याकेज ल्याउनुपर्नेमा मुख्यमन्त्री भट्टको ध्यानाकर्षण गराउनुभयो । बाढीका कारण घरबार बिहिन, भौतिक सम्पती क्षति भएका र बालीनाली नष्ट भएका पीडित परिवारलाई न्यायोचित राहतको प्रबन्ध गर्दै जिल्लाका ठुला तथा साना खोला नदीको कटानी नियन्त्रणका लागि प्रदेश सरकारले समेत योजना ल्याएर जनताको हितमा काम गर्न आग्रह गरेका छन ।

कञ्चनपुर क्षेत्र नम्बर १की प्रतिनिधी सभा सदस्य समेत रहेकी मगरले बाढिप्रभावित क्षेत्रका जनतालाई राहत, पूर्नस्थापना एव बाढीको दिर्घकालिन समस्या समाधानका लागि आफुले संघीय सरकारसंग समेत पहल गर्ने बताउदै प्रदेश सरकारले समेत पीडित जनताको हितमा काम गर्न ध्यानाकर्षण गराउनुभो । ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री भट्टले बाढीपीडित जनताको राहतका लागि प्रदेश सरकार तयार रहेको बताउँदै त्यसका लागि योजना ल्याएर अघि बढ्ने बताए । ज्ञापन पत्र बुझाउने कार्यक्रममा नेकपा माओवादी केन्द्र कञ्चनपुरका इन्चार्ज देविवाल चौधरी, कार्यालय सदस्य देवेन्द्र ढुङ्गना, लालझाडी गाँउपालिका प्रमुख मदनसेन बडायक सहितका नेता कार्यकर्ता एव जनप्रतिनिधीको उपस्थिति रहेको थियो ।







