कञ्चनपुर : नेकपा एकिकृत समाजवादी कञ्चनपुरको जिल्ला सदस्यमा कृष्णपुर नगरपालिबाट दर्जनौँ नेता कार्यकर्ता जिल्ला सदस्य भएका छन । बिहीबार समाजवादी पार्टी कञ्चनपुरको विस्तारित बैठकले जिल्ला सदस्यमा दजनौँ नयाँ तथा पुराना नेता कार्यकर्ता जिल्ला सदस्य भएका हुन ।

नेकपा एकिकृत समाजवादी कञ्चनपुरका युवा नेता सुरेन्द्र बमले कृष्णपुर नगरपालिकाबाट दर्जनौँ नेता कार्यकर्ताहरु जिल्ला सदस्यमा चयन भएको बताए । ‘केही साथिहरु अहिले भएका छन, ‘उनले भने, ‘केही छुटेकालाई पछि पनि राख्छौँ ।’ कृष्णपुर नगरबाट गंगा कुँवर, दिल बहादुर बोहरा, नवराज खडका, कुँवेर सिह, रामनाथ योगी, गोरख थापा, खम्ब बहादुर सिह, प्रतिप चौधरी, सुन्दर चौधरी, जयन्ती केहसी (बोहरा), नित्यानन्द जेठारा, चन्द्र ठकुराठी रहेका छन । उनीहरुलाई नेकपा एकिकृत समाजवादीका पार्टी अध्यक्ष माधव कुमार नेपालले सपथ ग्रहण गराएका छन ।







