बाढीको प्रभाव : कञ्चनपुर केराखेती ठुलो क्षति, किसान चौपटमा


कञ्चनपुर : मनसुन सकिएपछि अबिरल रुपमा परेको बर्षाले महाकाली नदी सहित जिल्लामा ठुला साना नदी खोलामा आएको बाढीले तटिय क्षेत्रका जनतालाई विस्थापित मात्र गरेर केरा खेतीमा समेत ठुलो नोक्सानी पु¥याएको छ । बर्षा र बाढीले कञ्चनपुरमा डेढसय विगाहको केराखेती नष्ट लाखौँको केरा क्षति भएको छ । अबिरल बर्षा, बाढीले फलेको केरा खेतमै डुवान र ढलेर नष्ट भएसंगै व्यवसायिक रुपमा केरा खेती गर्दै आएका केरा किसान मर्कामा परेका छन । बेच्ने समयमा अनपेक्षित बर्षाले कञ्चनपुरका केरा किसान समेत मर्कामा परेका हुन । व्यवसायिक रुपमा केरा खेती गरिरहेका किसानको व्यवसायन नै चौपट भएको छ । भीमदत्त नगरपालिका १० जिमुवाका केरा किसान कृष्णदत्त भट्टले दुई विगाहमा लगाएको केराखेती बर्षाले नष्ट गरिदिएको बताए ।

‘मैले दुई विगाह जमिनमा ३ हजार बोट लगाएका थिए, ‘उनले भने, ‘६ सय घरी केरा बेचे, अब २ सय घरी केरा नष्ट भयो ।’ पानीले केरा खेतमै नष्ट भएकाले उनले बताए । लालझाडी गाँउपालिका ३ नन्दगाउँका बहाली रानाले १५ कट्टामा केरा खेती गरेका थिए । ‘केरा बेच्ने समयमा पानी आएर नष्ट भयो, ‘उनले भने, ‘बाँकी बचेको केरा बेच्नका लागि समेत साहु पाएको छैन ।’ उनले केरा किसानमा समस्या थपि रहेकाले किसानलाई राहतका कार्यक्तम ल्याईदिन माग गरे । पूनर्वासका केरा किसान जनक धामीले बर्षा र बाढीले आफ्नो ५ विगाहको घरी मध्ये ६० प्रतिशत नष्ट भएको बताए । ‘जमिनमा पुरै पानी भरिएले गिलो हुन्छ, ‘उनले भने, ‘फलेको केरामा भारी लोडले थाम्न नसक्ने अवस्थामा फलेको केरा खेतमै ढल्यो, पानीमा परेर कुँहियो ।’

विपद्ले केरा किसानले ठुलो नोक्सानी बेहोर्नु परेको बताउदै उनले केरा किसानका लागि विशेष राहत, क्षतिपूर्तिको व्यवस्था नगरे कयैन किसान केराखेतीबाट पलायन हुनुपर्ने अवस्था सृजना भएको बताए । ‘व्यवसायिक रुपमा केरा खेती गरिरहेका किसानलाई यस सिजनमा ठुलो घाटा भएको छ, ‘उनले भने, ‘बैंकको ब्याज र लगानी उठान समेत समस्या भएको छ, यसमा सरकारी निकायले ध्यान दिनुपर्छ ।’ किसान संघ संगठनले बाढी र बर्षातले कञ्चनपुरका धान, केरा, उखु किसानको अन्नबाली नष्ट भएकाले न्यायिक क्षतिपूर्ति दिनुपर्ने माग अघि सारेका छन । राष्ट्रिय कृषक महासंघ सुदूरपश्चिम प्रदेशका महासचिव समेत रहेका कञ्चनपुरका केरा किसान पूर्ण सिह साउदले जिल्लाभरी ४० प्रतिशत केरा नष्ट भएको बताए ।

‘पछिल्ला दिनमा किसान व्यवसायिक रुपमा केरा खेती गर्दै थिए, बर्षातले चौपट बनायो, ‘उनले भने, ‘केरा किसानलाई पुर्नरुत्थान पहिलेकै अवस्थामा ल्याउनुपर्छ ।’ उचित क्षतिपूर्ति राहत र बिमा गरेकालाई भुक्तानी गर्नुपर्ने बताए । उनका अनुसार व्यवसायिक रुपमा केरा खेती गरेका किसान अहिले मारमा परेका छन । तय तर्फ सरकारी निकायले ध्यान दिन नसके फेरीपनि कञ्चनपुर भारतीय केराकै भरमा पर्नुपर्ने अवस्था सृजना हुने चिन्ता व्यक्त गरे । एमाले निकट अखिल नेपाल किसान महासंघ राष्ट्रिय समिति सचिवालय सदस्य खेम सुवेदीले बर्षात र बाढीले कञ्चनपुरका किसानको ठुलो भौतिक क्षति भएको बताए । उनले किसान संगठनले प्रशासन मार्फत क्षतिपूर्ति र राहतका लागि माग गरेको बताए ।

माओवादी निकट कञ्चनपुरका किसान नेता दशरथ भण्डारीले केरा किसान सहित सबै किसानको अन्नबालीको क्षतिको विवरण संकलन गर्दै क्षति अनुरुप क्षतिपूर्ति र राहत दिनुपर्ने बताए । ‘सरकारले उत्पादनमा लागेका किसानलाई राहत र क्षतिपूर्ति दिनका लागि ढिलाई गर्नु हुँदैन, ‘यथोचित विवरण संकलन गरेर न्यायिक राहत दिदै किसानलाई व्यवसायिक खेतीबाट पलायन हुनबाट जोगाउनुपर्छ ।’ काँग्रेस निकट नेपाल किसान महासंघका केन्द्रीय सदस्य नारायण दत्त पन्तले कञ्चनपुरका किसानको समस्या समाधानका लागि सिधै प्रधानमन्त्री शेर बहादुर देउवालाई ज्ञापन पत्र बुझाएको बताए ।

उनले किसानलाई राहत र क्षतिपूर्तिका लागि माग गरिएको बताए । कञ्चनपुरमा झण्डै ५ हजार हेक्टरमा व्यवसायिक केरा खेती गरिएको छ । कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख डा. दिल बहादुर विष्टले बाढि र बर्षातले नष्ट भएको केराको विवरण संकलन भईरहेको बताए । ‘हामीले स्थानीय तह अनुरुप केरा खेती नष्ट बारे किसानको विवरण लिईरहेका छौँ, ‘उनले भने, ‘किसानलाई ठुलो क्षति पुगेको छ, किसानका समस्या समाधान गर्नुपर्छ ।’ किसानलाई पुर्नअवस्थामै फर्काउनका लागि राहत प्याकेज ल्याउनका लागि माथिल्लो निकायमा पहल गर्ने उनले बताए ।


ताजा समाचार

spot_img