कञ्चनपुरको मझगाँउमा बिमानस्थल शुचारुकालागि संघीय सरकारसंग डेलिगेशन


कञ्चनपुर : मझगाँउ बिमानस्थल शुचारुका लागि सुप प्रदेशबाट नेता सहित प्रदेश मन्त्रीको टोली डेलिगेशनमा बन्द अवस्थामा रहेको कञ्चनपुरको मझगाँउमा बिमानस्थल शुचारुका लागि सुदूरपश्चिम प्रदेशबाट प्रदेशका मन्त्री, नेताहरुको टोली संघीय सरकारसंग डेलिगेशनमा छ ।

सुप प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री मान बहादुर सुनार, महाकाली अस्पतालका निर्वतमान अध्यक्ष तथा माओवादी केन्द्रका नेता कृष्णदत्त जोशी(बोक्सर) सहितको टोलीले संघीय सरकारलाई डेलिगेशन दिएको हो । माओवादी केन्द्र कञ्चनपुरका नेता समेत रहेका कृष्णदत्त जोशी(बोक्सर)ले मंगलबार टोलीले संस्कृति पर्यटन तथा नागरिक उड्यानमन्त्री प्रेम आलेसंग छलफल गरेको बताए ।

‘हामीले यथाघिश्र मझगाँउ विमानस्थल शुचारुका लागि संघीय पर्यटनमन्त्रीसंग माग गरेका छौँ, ‘उनले भने, ‘पर्यटनमन्त्री सकारात्मक छन ।’ उनका अनुसार महाकाली बहुप्राबिधिक शिक्षालय र अस्पतालमा डाक्टरहरू थपका लागि साथै प्रतिष्ठान गर्ने र बुधबार अर्थ मन्त्रालय सबै सत्ता रूढ पार्टी प्रमुख सॅग भेटी यहिलेको बाढीरपिडित सबै समस्यालाई राख्ने पिडा दिर्घकालिन बारे छलफल गर्ने बताए ।


ताजा समाचार

spot_img