बेलौरीका प्राध्यापक, उद्यमी समाजसेवी माओवादीमा प्रवेस


लाल बहादुर एसके / कञ्चनपुर : कञ्चनपुरको बेलौरी क्षेत्रका प्राध्यापक बुद्धिजिवी, उद्यमी समजसेवीले नेकपा माओवादी केन्द्रमा प्रवेस गरेका छन । बेलौरी नगरपालिका क्षेत्रमा रहेका त्रका प्राध्यापक बुद्धिजिवी, उद्यमी समजसेवीले नेकपा माओवादी केन्द्रमा प्रवेस गरेका हुन ।

आफ्नो निर्वाचन क्षेत्रमा बाढीपीडितको अवस्था बुझ्नका लागि क्षेत्र आएकी पुर्व खानेपानीमन्त्री बिना मगरले बेलौरी क्षेत्रका प्राध्यापक बुद्धिजिवी, उद्यमी समजसेवीलाई नेकपा माओवादी प्रवेस गरेकी छिन । नेकपा माओवादी नेतृ, माओवादी केन्द्रको खानेपानी विभाग प्रमुख एव क्षेत्र नम्बर १ की संसद बिना मगरका स्वकीय सचिव दिपक तिम्लिसेनले बाढीपीडितसंग भेटघाट, प्रभावित क्षेत्रको अवस्था बुझ्ने क्रममा बेलौरीका प्राध्यापक बुद्धिजिवी, उद्यमी समजसेवीले नेकपा माओवादी केन्द्र प्रवेस गरेको बताए ।

पुर्वमन्त्री मगरका स्वकीय सचिव तिम्लिसेनका अनुसार बेलौरी स्थित महाकाली बहुमुखी क्याम्पसका पुर्व सहायक क्याम्पस प्रमुख समेत समेत रहिसक्नु भएका बुद्धिजिवी सुरज श्रेष्ठ, बेलौरी उद्योग वाणिज्य संघका निर्वतमान उपाध्यक्ष उद्योगी व्यवसायी अशोक श्रेष्ठ सहित माओवादीमा प्रवेस गरेका हुन । उनीहरुलाई पुर्वमन्त्री, संसद एव माओवादी नेतृ मगरले खाँदा ओढाएर सम्मान गरिन् ।


ताजा समाचार

spot_img