चौधर नदीको बाढीले सार्कीपार्की टोल कटानीको उच्च जोखिममा


कञ्चनपुर : यस बर्षको मनसुन सकिएपछि अनपेक्षित रुपमा परेको बर्षाले चौधर नदीमा ल्याएको वाढीले बेदकोट नगरपालिका ४ बैतडा सार्कीपार्की टोल कटानीको उच्च जोखिममा रहेको छ । चुरे भएर बग्ने चौधर नदीले सार्कीपार्की टोललाई नै प्रकोपको उच्च जोखिममा पारेको हो । विगत लामो समयदेखि कटानीको जोखिम खेप्दै आएका सार्कीपार्की टोलका स्थानीय अहिले पनि खेपिरहेका छन ।

सार्कीपार्की टोलका पीडितले आफुहरुको जमिन समेत बगाएर लगेपनि स्थानीय सरकार, प्रदेश र सघीय कुनैपनि सरकारले न अनुगन न राहत दिने र पूर्नस्थापना, तटबन्धनका कुनैपनि कार्यक्रमका लागि पीडित जनतासंग छलफल नगरेको दुखेसो पोखेका छन । उनीहरुले राहतको पर जावस आफुहरुका पीडा समेत कसैले नसुनिदिएको बताएका छन । बेदकोट नगरका स्थानीय अगुवा रामराम सार्की(भुल)ले चौधर नदीको कटानीले उत्तरे भुल, मदन भुल, दिपक भुल, दानी भुल, ठेसे भुल, किसन भुल, मोहन भुल लगायतका स्थानीयको नदी तटिय क्षेत्रमा रहेको २विगाहको धान सहिन जमिन कटानी गरेर लगेको बताए ।

उनले तटबन्ध जस्ता नदी नियन्त्रणका लागि प्रभावकारी काम नहुँदा सार्कीपार्की टोलमा बर्षनी कटानीले उर्बरा जमिन बगाउँदै भोकमरीको अवस्था सृजना गरेकाले सम्बन्धीत सरोकारवाला निकायको ध्यानाकर्षण गराएका छन ।


Loading Viewer...

ताजा समाचार

spot_img