दोधाराका बाढी पिडितको पिडा : ‘व्यवस्था फेरिए अवस्था फेरिएन’

पप्पु गुरुङ्ग । महाकाली नदी र जगबुडा नदीमा आएको बाढीले घर खेत पूर्ण रुपमा बगाएपछि रेनु सुनार बाढी पीडित बन्न पुगे । बाढीले उनि संग भएको कच्ची घर पूर्ण रुपमा नदीले तहस नहस गरेको छ् । उनको रासन पानी, लत्ता कपडा सबैथोक पानीमै बग्यो । घर बगाएपछि विरक्तिएका रेनु सुनार अहिले दोधारा चाँदनी नगरपालिका वडा नं. १० को सोही स्थानमा सानो टहरा बनाएर आश्रय लिईरहेका छन् । बिगतका दिनहरुमा बाढी आएको बेला ब्यक्तीगत र सरकारी लगाएतका दाताले तत्कालका लागि दिएको राहतले पेट पाल्थ्यौ, उनले भने –‘पीडित बनेको झण्डै एक साता पुगिसक्दा पनि मलम लगाउन बस्तीमा कोही पनि आएको छैन् ।’ लामो समय देखि दोधारा चाँदनी नगरपालिकाको सुर्खेती टोलमा बस्दै आएका रेनु सुनारलाई जहान परिवारको भोक टार्नै धौ–धौ छ् ।

सुर्खेती टोलमा बस्दै आएका रेनु सुनारको पिडा मात्रै हैन् दोधारा चाँदनी नगरपालिका वडा नं. १० का कुतियावकर, बैतिफाँटा, सुर्खेती टोल, शान्ती टोल, प्रधान टोलहरुमा बसोबास गर्ने स्थाीनयहरुको पिडा यस्तै छ् । गएआईतवार आएको बिनासकारी बाढीको कारण कुतियावकर, बैतिफाँटा, सुर्खेती टोल, शान्ती टोल, प्रधान टोलमा लाखौंको धनजनको नोक्सानी भएको छ् । बस्तीमा भोकमरी निम्तीएको छ् । खेतवारीको धान तथा तरकारी बारी बाढीले मरुभुमी बनाएको छ् भने घरमा रहेको अन्नपात, लत्ताकपडा, बाढीले बगाउदा बस्तीनै भोकमरीको शोकाकुलमा डुबेको छ् । घरहरुमा भत्कीएका छन् भने घरमा बस्ने नलाग्ने अवस्था छ् । बाढीको कारण स्थानियहरुको चौपाया मरेर बस्तीनै दुर्गन्धमय बनेको छ् । बस्तीमा पानीको अभाव छ् । बाढी ग्रस्त बस्तीका स्थानियहरुले दुषित पानी पिउन बाध्य भएको स्थानियहरु बताउछन् । दुषित पानी पिउदा बस्तीका अधिकांश स्थानियहरुमा रुघाखोकी र ज्वरोले सताउन थालेको छ् । महाकाली नदी र जगबुडा नदीमा आएको बाढीको कारण नदीको भंगालो बस्तीमा पसेपछि कुतियावकर, बैतिफाँटा, सुर्खेती टोल, शान्ती टोल, प्रधान टोलका स्थानियहरु बिस्तापित भएका छन् ।

घरमा खानाको अभाव भएपछि छिमेकीको घरमा गएर माँगी खानु पर्ने अवस्था श्रजना भएको स्थानियबासी गौरी सुनारले बताएका छन् । ‘देशमा राजतन्त्रको अन्त्य हुदै, लोकतन्त्र गणतन्त्र पछि स्थानिय तथा प्रदेश र प्रतिनिधी निर्वाचन पनि आयो भन्छन्’ स्थानियबासी माहेन सुनारले भने– ‘हाम्रो बस्तीमा भने खुसियाली हरायो।’ बिगतका दिनहरुमा समेत जगबुडा नदी र महाकाली नदीमा आएको बाढी बस्तीमा पस्ने गर्थ्यो । महाकाली नदीको बहावलाई जगबुडा नदीको पानीलाई रोकिदिएपछि जगबुडा नदीको पानी ओभरफ्लो भएर बस्तीमा पस्ने गर्छ । बाढीको कारण मानव क्षती बाहेक सबै कुरा तहसनहस भएको मोहन सुनारले बताए । घरमा एक छाक अन्न नभएको बेला बाढीको गएको एक साता बितिसक्दा समेत कहि कतैबाट राहत नपाएको उनको गुनासो छ् । ‘जनता भोकले मर्न लागेको अवस्थामा स्थानिय सरकार र संघ–संस्थाहरु किन मुख ताकेर बसेको होलान कुन्नी ?’ स्थानियबासी मोहन सुनारले भने–‘मन्त्रीहरु दिनदिनै गाडीमा चढेर आउछन, आश्वासन बाहेक केही दिदैन् ।’ बाढीले तहसनहस गरेको अवस्थामा कहिकतैबाट राहतको ब्यवस्था नभईदिदा स्थानियहरु आक्रोशित हुदै आएका छन् । दोधारा चाँदनीको कुतियावकर, बैतिफाँटा, सुर्खेती टोल, शान्ती टोल, प्रधान टोलहरुमा बाढीको कारण उर्वरकभुमी समेत मरुभुमी बनाईदिएपछि अबका दिनहरुमा कसरी परिवार पाल्ने भन्ने थप चिन्ता स्थानियहरुमा छ् । यता दोधारा चाँदनी नगरपालिका कार्यालयले राहत तथा क्षतीपुर्तीको लागी दोधारा चाँदनीको कुतियावकर, बैतिफाँटा, सुर्खेती टोल, शान्ती टोल, प्रधान टोलहरुमा लगत संकलन कार्य तिब्रतापुर्वक अघि बढाएको खबर छ् ।

ताजा समाचार