तिहार लाई मध्यनजर गर्दै महेन्द्रनगर लत्ताकपडा वितरण

आई कियर यू ग्रुप द्धारा तीन वर्ष देखि संचालनमा रहेको अभियान लाई निरन्तरता दिदै निम्न आयस्रोत भएका लक्षित वर्गलाई नि:शुल्क लत्ताकपडा र भाडाकुडा वितरण


कञ्चनपुर : शनिबार सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्ला स्थित महेन्द्रनगरको मदन चौकमा तिहार लाई मध्यनजर गर्दै लत्ताकपडा वितरण गरिएको छ। ‘मानव धर्म, सर्व धर्म परोपकार नै धर्म हो, हाम्रो मान्यता र हाम्रो अनुरोध, छैन लगेर जानू होस्, छ दिएर जानू होस् भन्ने मुल नारालाई आत्मसात गर्दै शनिवार आई कियर यू ग्रुपले कपडा निःशुल्क वितरण गरेको छ ।

No description available.

विजया दशमी तथा शुभ दिपावली तिहार मध्यनजर गर्दै निम्न आयस्रोत भएका चार पाँच सय जना लक्षित वर्गहरुलाई आई कियर यू ग्रुपले निःशुल्क रुपमा भाडाकुडा र लत्ताकपडा वितरण गरेको संस्थापक मञ्जु शाहिले बताउनु भयो। उनका अनुसार विगत तीन वर्ष देखि संचालनमा रहेको उक्त अभियान लाई निरन्तरता दिदै यो वर्ष पनि गरिब वर्गलाई मध्यनजर गर्दै वितरण गरिएको छ ।

No description available.

उक्त कार्यक्रममा सल्लाहकार अमृत शाह, बिष्नु पनेरु, सुरज कुवर ,सरिता रावल लगायतको उपस्थिति रहेको थियो । वि. सं. २०६८ साल देखि आई कियर यू गुरुपले निरन्तरता पाउदै सामाजिक कार्यमा अग्रसर रहदै आएको छ। उक्त संस्थाले घाइते छाडा चौपाया जनावर लाई पनि उपचार गर्दै आएको छ।


Loading Viewer...

ताजा समाचार

spot_img