दोधारा चाँदनीको बस्तीमा नदीको भंगालो पसेपछि लाखौं धनमालको क्षती


दोधारा : किसानका बाली नष्ट हुनु भनेको उनीहरुको मात्र गाँस खोसिनु हैन । किसान कर्म नगरेपनि अरु कर्म गरेर पैसा आर्जन गर्ने र किसानबाट सिता किनेर गाँस खानेहरु पनिको अन्न खोसिएको हो । अहिले किसानले खेतमा बगाइरहेका आँशुले हामी सबैलाई स्तब्ध बनाएको छ् । अधिकांश स्थानमा धान काटेर उठाउने बेला भएको थियो । कति खेतहरुमा धान काटेर राखिएको थियो । बाढीको कारण धान बाला सम्म पानीले डुबेर खेतमा नै सोतर बनेको छ् । उठाउन मिल्ने अवस्था नै छैन । यो बर्षको यति बेलाको बर्षाले हामी नेपालीको गाँस खोसेको छ् । आईतबार राति देखि परेको अविरल वर्षाका कारण पूर्वी तराई, मध्य तराई र सुदूरपश्चिम प्रदेशमा बाढी र डुवानले कयौं क्षेत्रमा धान बाली डुबेको छ् । केही स्थानमा धान बगाएर लगेको छ भने केही स्थानमा बाढीको लेदोले पुरेको छ । निरन्तर वर्षाका कारण डुबानमा परी कैलाली र कञ्चनपुरका किसानले खेतबारीमा लगाएको तरकारी बाली र धान फेरी उठानै नमिल्ने गरी नष्ट भएको छ् ।

दोधारा चाँदनी नगरपालिका वडा नं. १० अधिकांश बस्तीमा महाकाली र जगबुडा नदीमा आएको बाढीले लाखौंको धनमाल तहस नहस बनाएको छ् । दोधारा चाँदनी नगरपालिका–१० को कुतियावकर, बैतिफाँटा, शान्ती टोल, प्रधान टोल लगाएत टोलहरुमा घरहरुमा बाढीको पानी पसेर तहस नहस बनाएको छ् । झण्डै ४ सय घरधुरी बाढीको कारण बिस्तापित बनेको स्थानियहरुले आंकलन गरेका छन् । खेतमा रहेको धान, घरमा रहेको अन्नपात, लत्ता कपडा लगाएत धनमाल बाढीको चपेटामा परेको छ् । बाढी बस्तीमा पसेपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानियहरु उद्धार कार्यमा जुटेका हुन् । बाढीको कारण ३ सय १० घरधुरी अम्बिका माध्यमिक बिद्यालयको आश्रयमा बस्दै आएका छन् । उनिहरु सबैलाई दोधारा चाँदनी नगरपालिकाले खाना र बस्नको प्रबन्ध मिलाएको छ् । बाढी घरमा पसेपछि स्थानियहरुको चौपाया मरेका छन भने घरमा बाढी पसेर क्षतबिक्षत गरेको स्थानियबासी राजिव खड्काले बताएका छन् । उनका अनुसार अझै सम्मको सबै भन्दा बिकराल बाढी भएको बताए ।

दर्जनौं किसानहरुको तरकारी, धान बाढीले नष्ट गरे संगै अबका दिनहरुमा के खाएर बस्ने भन्ने प्रमुख चिन्ताले सताएको छ् । बाढीले सबै थोक बगाएपछि स्थानियहरुलाई अहिले के खाने भन्ने चिन्ता बढेको छ् । घरमा रहेको अन्नपात, लत्ताकपडा, भाडाकुडा बाढीले बगाईदिएपछि दोधारा चाँदनीका बाढी पिडित ठुलो समस्या निम्तीएको छ् । बाढीले घर भत्काईदिएपछि कयौं घरपरिवार बेघर बन्न पुगेका छन् । कुतियावकर, बैतिफाँटा, शान्ती टोल, प्रधान टोल लगाएत टोलहरुका तस्वीर हेर्दा नै जो कोही भावविह्ल बन्छन् । महाकाली र जगबुडा नदीमा आएको बाढीको भंगालो दोधारा चाँदनीको शान्ती टोल, बैतिफाँटा, निशानी टोल कुतियावकर, प्रधान टोल लगाएत टोलहरुमा पसेपछि स्थानियहरुलाई ज्यान जोगाउन समस्या परेको हो । कुतियाकवरमा ३९ घरधुरी रहेका छन् । महाकाली नदी र जगबुडा नदीको दोभानमा रहेको उक्त बस्तीमा आईतवार राती पानी पस्न थालेपछि उनिहरुलाई ज्यान बचाउन निकै कठिन परेको बताएका छन् । सोमवार बिहान मात्र उनिहरुलाई नेपाली सेना, सशस्त्र प्रहरी र स्थानियहरुको सहयोगमा उद्धार गरिएको स्थानियबासी मोहन सुनारले बताएका छन् ।

उनिहरु नजिकैको अम्बिका माध्यमिक बिद्यालयमा बस्दै आएका छन् । अम्बिका माध्यमिक बिद्यालयका शिक्षक यशवन्त खड्काका अनुसार हिजो देखि ३ सय १० घरपरिवारका झण्डै १ हजार ८ सय स्थानियहरु बिद्यालयको आश्रयमा रहेका छन् । उनिहरुलाई दोधारा चाँदनी नगरपालिकाले खाना र बस्नको प्रबन्ध मिलाएको हो । आजै दोधारा चाँदनी नगरपालिका कार्यपालिकाको आपतकालिन बैठक बसी बाढी पिडितहरुको लागी तत्कालै राहतको ब्यवस्था गर्ने भएको छ् । राहत बितरण कार्यको लागी भोली देखि बाढी पिडितहरुको लगत संकलन कार्य अघि बढाईएको दोधारा चादनी नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष भक्त बहादुर सुनारले बताएका छन् । ‘बाढी पिडितहरुको लागी तत्कालै राहतको ब्यवस्थाको लागी लगत संकलन गर्ने निर्णय छौं’ दोधारा चाँदनी नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष भक्त बहादुर सुनारले भने । बाढीको कारण कुतियावकर, बैतिफाँटा, शान्ती टोल, प्रधान टोल लगाएत टोलहरुका घरहरु क्षतबिक्षत बनेका छन् ।

यता महाकाली नदीको भंगालो बस्ती तिर तेस्रीएपछि कुतियाकवरका ३९ घरधुरी मध्य अधिकांश घरहरु तहसनहस भएको स्थानिय शिक्षक टंकलाल जोशीले बताएका छन् । महाकाली नदीको भंगालो बस्ती तिर तेस्रीएपछि नदीले ल्याएको काठ, मुडाले घरहरु क्षतबिक्षत भएको हो । बाढीले नभत्काएका घर भित्र बाढीको लेदो माटोले पुरेको छ् । बाढी आएपछि स्थानियहरुलाई ज्यान बचाउन निकै कठिन परेको शिक्षक जोशीको भनाई रहेको छ् । बाढीले अन्नपात, भाडा कुडा बगाउनुको साथै घर समेत भत्काएको कारण अबका दिनहरुमा कहाँ बस्ने भन्ने चिन्ता उनिहरुमा छ् । महाकाली नदीको भंगालो बस्तीमा पसेपछि कुतियाकवरका स्थानियहरुले ज्यान बचाउन गुहार लगाएका थिए । ‘कुतियाकवर, बैतिफाँटा, शान्ती टोल, प्रधान टोल लगाएत टोलहरुका अवस्था निकै दर्दनाक छ्’ स्थानिय शिक्षक टंकलाल जोशीले भने ।


ताजा समाचार

spot_img