तटिय क्षेत्रका जनता भन्छन, ‘सडक बनाउँदा वालुवा हाल्दा महाकाली पुल पहुँचमार्गको पक्की सडक भत्कियो


कञ्चनपुर: आइतबारदेखि अबिरल रुपमा परिरहेको बर्षातका कारण महाकाली नदीले निर्माणाधिन महाकाली पुलको पक्की पहुँच मार्ग पक्की सडक भत्काएको छ । महाकाली पुल निर्माण कम्पनीले पहुँच मार्गको दायाँबाँया सुरक्षित योजना नल्याएको, छेउबाटै मापदण्ड विपरित उत्ख्नन गर्दा र पक्की सडकमा माटो राख्नुपर्ने ठाँउमा वालुवा ग्राभिलिङ्ग राखेका कारण पक्की सडक भत्किएको स्थानीय बताउँछन । भीमदत्त नगरपालिका १३ का वडाध्यक्ष लाल बहादुर शाहीले महाकाली पुल निर्माण गर्न डिजायन नै गलत भएको टिप्पणी गर्दछ । ‘हामीले डिजायन परिर्वतन र पुलको लम्बाई बृद्धिको माग राख्दा ईन्जिनियर सावहरुले हेप्छन, ‘उनले भने, ‘पुल पुरै निर्माण नहुँदा पानी थुनिएर गाँउ पस्छ, अनि हामीले के भन्ने ।’ ठेकेदारले दायाबाँया सडक संरक्षणका लागि तटबन्ध निर्माण नगर्दा समेत पक्की सडक भत्किएको उनले बताए । भीमदत्त नगरपालिका ११ भुजेलाका सुरज लुहारले सरकारी निकायबाट दिगो बाँध निर्माण गर्न कन्जुस्याई भईरहेको बताए । ‘यहाँ आज आएको होर वाढि, बषौँ बर्षदेखि आईरहेकै छ, ‘उनले भने, ‘वाढि आउँछ, हामी मारमा पछौँ, तर सरकार आउन जाँन्छ, एनजिओहरुपनि डाटा लिएर जाँछन, डलर पचाउँछन, हाम्रा दिन फेरी उस्तै हुन्छन ।

भीमदत्त नगरपालिका १३पिपरैयाका स्थानीय सञ्जु देउवाले बर्षनी वाढि आउने थाहा हुँदाहुँदै पुल नै साँघुरो बनाए, अनियन्त्रित महाकाली दोहनका कारण समस्या निम्तिएको बताए । ‘ठेकेदारले चार लेन सडक निर्माणमा माटो राख्नुपर्ने भएपनि वालुवा ग्राभिलिङ्ग राख्यो, ‘उनले भने, ‘त्यही भएर पक्की सडक भत्किएको हो ।’ ठेकेदारले नदी छेउमै मापदण्ड विपरित ग्राभिलिङ्ग संकलन गर्दा समेत कटानी भईरहेको बताए । मंगलबार दिउँसोसम्म महाकाली नदीको वाढीले मानविय क्षति नभएको प्रहरीले जनाएको छ । वाढि डुवान क्षेत्रमा सशस्त्र प्रहरी, प्रहरी स्थानीयको टोलीले उद्दार कार्य जारी राखेको छ । पानी निरन्तर परीरहे फेरीपनि कञ्चनपुर महाकाली नदीको उच्च जोखिममा रहेको छ । अबिरल बर्षातका कारण महाकाली नदी तटिय क्षेत्रमा मात्र नभई अन्य साना तथा ठुला खोला नाका तटिय क्षेत्रमा समेत प्रभाव पारेको छ ।

कृष्णपुरका स्थानीय दिल बहादुर देउवाले अबिरल बर्षातका कारण मछेली मोहना नदी गाँउ पसेर कृष्णपुरका विभिन्न बस्तीहरुमा क्षति पु¥याएको बताए । उनका अनुसार किसानले काटेको धान खेतमै भिजेर नष्ट भएको छ । दोदा नदीले लालझाडी क्षेत्रमा समेत वितण्डा मच्चाएको छ । लालझाडी काँग्रेसका नेता गोपाल गुरुङ्गले समयमै तटबन्ध निर्माण नहुँदा नदी गाँउ पसेर अन्नबाली धानमा क्षति पुगेको बताए । विपद् जोखिम निन्त्रयणका लागि दिगो योजना नहुँदा समान्यदेखि भारी बर्षा हुँदा नागरिकले संकट मोचन गर्नुपर्ने बाध्यता छ । कञ्चनपुरका निमित्त प्रमुख जिल्ला अधिकारी अशोक कुमार भण्डारीले खल्लामछेट्टीमा फसेका नायक परिवारको उद्दारका लागि सिधै गृहमन्त्रीसंग छलफल गरेर हेलिफेप्टर माग गरेको बताए । ‘वाढि प्रभावित क्षेत्रका नागरिकको उद्दार गरि सामुदायिक विद्यालयमा राखेका छौँ, ‘उनले भने, ‘अब उनीहरुलाई राहत दिन्छौँ ।’ वाढि प्रभावित क्षेत्रमा सुरक्षाकर्मीको टोली, प्राविधिक टोली परिचालन गरिएको उनले बताए । महाकाली नदीको सतह बृद्धि हुँदा भुजेला खोला नै गाँउ पसेको निमित्त प्रमुख जिल्ला अधिकारी भण्डारीले बताए । जिल्लामा उपलब्ध स्रोत साधनले भ्याएरसम्म उद्दार कार्यमा खटिएको बताउदै सहायक प्रजिअले तटिय क्षेत्रका नागरिकसंग सुरक्षित स्थानमा बस्न आग्रह गरेका छन ।


Loading Viewer...

ताजा समाचार

spot_img