दोधारा चाँदनीमा हात्तीले एक घर भत्कायो

दोधारा । जंगली हात्तीले दोधारा चाँदनीको एक घरमा क्षती पुऱ्याएको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. ३ बडवाल टोलमा गएराती हात्तीले चन्द्र लोहारको कच्ची घरको भित्ता भत्काएको छ् । गएराती १ बजे भारतिय जंगलबाट बडवाल टोल भित्रिएको २ हात्तीले घरमा सुतिरहेको अवस्थामा चन्द्र लोहारको घर भत्काउन थालेको हो । हात्तीले घर भत्काउन थालेपछि चन्द्र लोहारको परिवार ज्यान बचाएर भाग्नु परेको चन्द्र लोहारले बताएका छन् । ‘राती म नातिनी संग सुतिरहेको थिए । हात्तीले घर भत्काएको थाहा पाएपछि नातिनीलाई काँखमा च्यापेर ज्यान बचाए’ स्थाीनय चन्द्र लोहारले भने । हात्तीले लोहारको भाडा कुडा कुल्चेर नष्ट गरेको छ् । बिगत लामो समय देखि हात्तीले आतंक मच्चाउदै आएको बडवाल टोलमा स्थानियहरुले धान खेती काटी सकेपछि हात्तीले घर भत्काउन थालेको स्थानियहरुले बताएका छन् ।

ताजा समाचार

This will close in 10 seconds